//गीत //

//गीत //


आँखा मेरो रसाइदिन्छ तिमी ओरिपरी नहुँदा
कतै तिम्रो मनपनि दुख्योकी अधेरिमा एक्लै म रुँदा
आँखा मेरो .....

नभेटिनु थियो हामी
चिनाजानी भयो किन
यो मौसमी फूल पनि
ढिलो गरी फूल्यो किन

त्यसैलेत छाती चर्किन्छ आफ्नो भन्ने हकै नहुँदा
कतै तिम्रो मनपनि दुख्योकी अँधेरिमा एक्लै म रुँदा
आँखा मेरो ....

तिमी मेरो होइनौ तर
मलाई यस्तो लाग्यो किन
अमर माया हुनुरैछ
समयले ठग्यो किन

यादैयादमा बाँच्नुपर्ने भो भाग्यले नै साथ नदिँदा
कतै तिम्रो मनपनि दुख्योकी अँधेरिमा एक्लै म रुँदा
आँखा मेरो ....

 
साहित्यसंसार