'घर' -कथात्मक निबन्ध

'घर' -कथात्मक निबन्ध

मलाई सम्झनाहुँदा हामी मुलघरको बाहिरपट्टी छेउमा जोडीएको सानो पखेटे पालीमा बस्थ्यौँ। त्यसलाई सबैले ग्वागल भन्थे। तराइको लामो समयको गृहस्थी बोकेर बाबाआमा हामी दुई बच्चा च्यापेर मुलघर पहाड फर्केदेखी त्यही ग्वागलमा बस्न थालेको रे। भित्ताको काउलेलेक माथिबाट दिउसो मध्यान्हमा एकैछिन एकझुल्को घाम पोखिएपछी तुरुन्तै देउरालीको डाँडाँले छेको पारीहाल्थ्यो। त्यै एकछिनको न्यानो घाम अनी बाँकीको सेपिलो त्यही पखेटे ग्वागललाई मैलेजीवनमा प्रथमपटक घर भनेर चिनेँ।
खोइ किनहो कुन्नी! मलाई बुझ्ने भएदेखी नै 'घर' शब्द सँग निकै आकर्शण थियो, आत्मियता थियो । उसो त घर नरुचाउने कुन प्राणी होला तर मलाई अलिक बेसी नै आत्मिय लाग्थ्यो शायद। अँ म ग्वागलको कुरा गर्दै थिएँ , त्यो सानो पखेटे ग्वागल, सांघुरो ग्वागल तर मेरो प्रिय ग्वागल। त्यो मेरो थियो। हाम्रो थियो।
अंशको मामिलामा के खट्पट परेछ भाईभाइमा कुन्नी! एकदिन बाबाले हामी सबैलाई घिच्याउँदै बेसी फाँटमा झार्नुभयो। म निक्कै रोएँ त्यसबेला। "बाबा! ग्वागलपनी बोकेर लैजाउँ न! बेसिमा!!" भन्दै रुन्थेँ भनेर आमा अझै पुराना दिन सम्झाउनुहुन्छ कहिलेकाहीँ। बेसी झरियो ,,सङै हाम्रो घर पनि झर्यो। उसबेला अभाबले उन्मत्त पखेटा हालेको थियो शायद ,,मकैको ढोडले बारेको झुपडिमा लग्भग दुई साल हामीले टाउको लुकायौँ । त्यही झुपडी फेरी मेरो अर्को घर बन्यो। घर त के थियो ,,गतिला चारओटा बाख्राका पाठा सजिलै हलचल गर्न नसक्दाहुन तर हामी चार मानव प्रानी भएभरका झिटिगुन्टा सहित त्यही झुपडीमा अट्यौँ । बाबा भन्ने गर्नुहुन्थ्यो,"मजबुरिका नाम माहात्मा गान्धी"। हिन्दी सिनेमा उहालाई मन पर्थ्यो ,,उखान पनि उतैको थियो। सुरुमा म निक्कै रिसाएँ झुपडी देखेर जसले मलाई बार बार प्यारो ग्वागल सम्झाउँथ्यो। तर बानी निरन्तरताको उपज हो शायद ,,,मलाई बनी पर्दै गयो। भनुँ पार्दै गएँ। अन्तत: मलाई त्यै ढोडे झुपडी प्रिय लाग्न थाल्यो। त्यो त हाम्रो घर थियो नि! कहिलेकाहीँ बाबालाई सोध्थेँ ," ग्वागल पनि घर हुने, झुपडी पनि घर हुने, बिल्डिङ्ग पनि घर हुने, कसरी यस्तो हुन्छ बाबा??" बाबा भनु हुन्थ्यो," मान्छे जहाँ आडलागेर बस्छ त्यही घर हो। घर ढुङ्गा माटो या ढोडले बन्ने हो तर महत्व मायाले दिने हो। जस्तो कि हामी स्बै एकर्कालाई माया गर्छौँ। " म बाबाको सबै कुरा बुझ्दिन थेँ तर 'घर' शब्दलाई बिशेष जोड दिन्थेँ ,जुन मेरो अती प्रिय आत्मिय थियो।
अली पछी ढुङ्गामाटा र काठको जोडजाममा अली पक्की घर बनाउनुभयो बाबाले। मलाई अझै सम्झना छ, त्यो घर बनाउदा राती अबेरसम्म पनि म ससाना काठकाटुक्रा ढुङ्गा बटुल्दै एताउती गरिरहन्थेँ निक्कै काम गरेजस्तो। सबै खुशी थिए नयाँ घर बन्दै गरेकोमा । म अलिक बेसी उछालिएकी थिएँ खुशीले। घर सबैलाई चाहिन्छ बस्नको लागि नत्र रात पर्दा, पानी पर्दा हुरी आउँदा कहाँँ जानु!! म यस्तै बुझ्थेँ तर कहिलेकाहीँ बाबाले अरु सँग भनेको सुन्थेँ," आफु गैयो भनेपनी केटाकेटीका लागि ओतलाग्ने ठाउँ हुन्छ नि!" 'गैयो भनेपनी' यो शब्द सुल खैं गड्थ्यो मनमा। बाबा नहुंदा हामी यही घरमा बस्नुपर्छ ,,यस्तै सोचेर मैले बाबा र घरलाई एकार्काको पर्याय मान्थेँ शायद। अनी उतिकै प्यारो पनि।
छोरीले जात जनाउँछे भन्ने भनाइ थियो/ छ अझैपनी। म पनि घर लिपपोत गर्न खुब मन गर्थेँ सानोमा। दसैं तिहारमा टोलका काकी दिदी हरु सँग पारी खाँडीको खोल्चीसम्म पुग्थेँ रातो र सेतो माटो लिन त्यै प्यारो घर रङाउन भनेर। सक्ने भन्दा बेसी माटोको पोको बोकेर कन्दै कन्दै हात पाउ टेकेर घर फर्किन्थेँ तर किन्चित दु:ख लाग्थेन। किनकी त्यो सब मेरो प्यारो घरको लागि हुन्थ्यो।
समयको पैया घुम्दै गयो ,,हामी ठुला भयौँ ,घर पुरानो र झन प्यारो हुँदै गयो। सबै आ-आफ्ना काम,अध्यन तिर लागियो तर घर सदा झैँ सबैको केन्द्रबिन्दु थियो। आस्थाको ,आस्रयको र आफ्नोपनको मियो थियो। मेरो उमेरले उकाली लागेको हेर्दै बस्यो घरले। त्यो बिचमा मैले घर परिवार बाहेक अर्को कोहिलाई माया गरेँ । मेरो बिहे भयो त्यही मायालु सँग । त्यसपछी म पुन बेघर बनेँ। बिहेको कार्यक्रम समाप्ती सँगै त्यो घर जुन मेरो अती प्रिय थियो मेरो रहेन। मेरो अधिकार रहेन। त्यो त मेरो घर बाट बदलिएर 'माइती' पो बन्यो। यता म साँच्चैको बेघर बनेँ। मेरा श्रीमानको पुर्ख्याउली घर बेचिएको रहेछ र उसैकारण हामी डेरामा बस्नु पर्ने थियो। निकै समय म जिन्दगीको नयाँ सुरुवात ,नया जिम्मेवारी र मायालुको साथको खुशी र 'घर' आफ्नो नरहनुको पिडामा उचालिँदै पछारिँदै रहेँ। डेरा पनि त घर हो! बाबाको कुरा याद आउँथ्यो," मान्छे जहाँ बस्यो त्यैं घर हुन्छ माया र आफ्नोपनले बाँध्न सके" मैले निकै कोशीस गरेँ त्यो डेरालाई 'घर' स्विकार्न तर सकिन।
समयसमयमा आत्तिँदै 'घर' पुग्थेँ आमाबाबालाई भेट्न। वरपरकाले भन्ने गर्थे,' पल्लो घरमा पाहुना आएकाछन्"। म किन पाहुना?? कसैले सोध्थे," कती दिनलाई आयौ माइत?" किन माइत?? मलाई कहिल्यै पाहुना र माइती शब्द मन परेन जुन शब्दले मलाई मेरो घरसङको सम्बन्ध बाट बिरानो महसुस गराउँथ्यो। आक्कलझुक्कल 'घर' जाँदा हेर्थेँ आफुले कती रहर गरी लिपपोत गरेको भित्ता, फलैँचा, बाहिरको अम्बाको बोट, चोटामा मेरो सुत्ने बिस्तारा, मेरो पुरानो सन्दुक, खाना खाँदा मैले बस्ने पिरा, मलाई मन पर्ने अंखोरा सबै सबै त्यस्तै हुन्थ्यो ,,मायाले मुसार्थें। त्यो घरसँग एक खालको अब्यक्त अवर्णणिय आत्मियता थियो अझै ,न्यानो तातो मिठो खोइ के के असाध्य आफ्नो लाग्थ्यो। फेरी झलक्क 'माइती' र 'पाहुना' शब्दले मन कटक्क खान्थ्यो। तर म दुखेर के हुन्छ? सत्य त त्यही थियो कि त्यो घर अब मेरो रहेन। मैले त अब आँफैले मेरो घर बनाउनुपर्छ।
समय सँगै जिन्दगीको मान्यता बबदलिँदोरहेछ। आदर्श बदलिँदोरहेछ। रहर र चाहनापनी पो उलटपालट हुँदोरहेछ!! समयले खोइ कस्तो कस्तो लुकामारी खेल्दै रह्यो जीवनमा ,,,अभाब र अप्ठ्याराको झाङमा अल्मलिँदै अल्मलिंदै बाँच्दै त छु तर मेरो "घर" अहिले सम्म बनेन। मैले नचाहेको कहाँ हो र! तर खोइ के मिलेन ,घर अहिले सम्म बनेन।
सत्य त यो पनि हो की मलाई उहिलेको झैँ 'घर' प्रती मोह पनि छैन। घर हुनैपर्छ भन्ने केही छैन । मैले देखेँ यो बिचमा उती मेहनतले नङ्रा खियाउदै घर बनाउने बाबा जाँदा खाली हात जानुभयो। त घर किन यती बिघ्न मोहको कुरा?? कहिलेकाहीँ लाग्छ आ!! होस् म कहिले घर बनाउदिन। तर फेरी आत्मा छाम्छु ,,भेट्छु घर बनाउने त्रिष्णा कतै मनको नेपथ्यमा अझै पो जिवितै छ! तर किन?? अहिले त म उहिलेको झैँ केटाकेटी रहिन ,,जस्तो कुनैबेला थिएँ र घरलाई बाबाको पर्याय मान्थेँ। आँखा चिम्म गरेर सोच्छु। बाबा आउनुहुन्छ मनको आँखामा र भन्नुहुन्छ ,"आफु गैयो भने पनि केटाकेटिकालागी ओत त रहन्छ नि!" हो त! घर मान्छेको लागि अती मोहको कुरा रहेछ। आकाँक्षा रहेछ अनी तिब्र आवश्यकता रहेछ तर आफ्नालागी कम् र 'केटाकेटी' का लागि बेसी रहेछ!! कहिलेकाहीँ मेरो चुल्बुले केटो लाडिँदै भन्छ," आमा!! म मेरो घर आँफैँ बनाउछु नि मेरो लागि त!" त्यसबेला उसका बाबा मक्ख हाँस्नुहुन्छ। तर मलाई भन्न मन लाग्छ," छोरा!! घर आफ्नलागी कम् केटाकेटीका लागि बेसी बनाइन्छ! तिमी पनि आफ्नैलागी बनाउँदैनौ। त्यो घरको हकदार तिम्राकेटाकेटी हुन्छन्।" तर म भन्दिन उसले सुन्ने गरी । मनमनै भन्छु "आफु गैयो भनेपनी केटाकेटिकालागी ओत रहन्छ नि!"

बाढीको कामना

बाढीको कामना /

निरव आकाश मुनी
चिसो जून ओढेर
निष्प्राण बगरको छातीमा
म कामना गर्छु
एउटा बेगबान बाढीको!!

बाढी??!!
प्रलय!
बिपत्ती!
अनिष्ट!
ध्वंश!
बर्बादी!

यि तमाम अर्थ भन्दा भिन्नै बाढी,
सबैले जानेको अर्थ भन्दा अर्कै बाढी,
म चाहन्छु त्यस्तो बाढी
ओ बाढी!!
आउ तिमी !!
आदिम गल्छेडो छोडेर
नयाँ मार्ग हुँदै आउ!
यि निष्प्राण बगर ढाक्ने
मलिलो माटो बोकेर आउ!
बगोस तिमी सँगै यि अर्थहिन सुर्काहरु
फराकिला पाटा लिएर आउ!
यि बेकामे काँसे घारी बगाउन आउ!
यि चिप्ला काला लेउ बगाउन आउ!
आउ बाढी तिमी आउ!
नत्र यो निर्जन बगर
कहिले उर्बर होस्
यो आत्माहिन ढुङ्गामा
कहिले समबेदना पलाओस
यो जर्कटो गेग्र्यानमा
म कहाँ सम्भावनाको फूल रोपुँ!
तिमी आउनैपर्छ
सभ्यताको चिहानघारी सुकिलो पार्न ,,

तब म चेतनाको कलमी बिरुवा रोपुँ
तिमीले छोडेको माटोमा,
बाढी! मेरो यो तिमीलाई निमन्त्रणा !!
स्विकार मेरो निमन्त्रणा!!
पुरा गर मेरो कामना!!!!!
*****

//प्रेमपत्र/

//प्रेमपत्र//


बिस्मित निर्लिप्त आँखाहरु
आशा भरी मन् हरु,
सुस्केरा ,उच्छ्वास
मलिन अनुहार ..
खग्रास ग्रहण को अन्धकारमा
अन्दाजले छाम्छाम छुम्छुम गर्दै
म लेख्दैछु प्रेमपत्र ...

बिखण्डित बस्तीहरु
पलायनप्राय: जीवन ,
डढेलोपछिको
निसाध् धुँवाको मुस्लो ..
कालो निलो अँगार अनी अनुहार
तिनै बर्बादिको कहानी टिपी
म लेख्दैछु प्रेमपत्र ...

अहिँसा शान्ती र बुद्ध
कण्ठस्त ,, मनको कुनामा थुनेर
क्षत् बिक्षत टाउका र गिँडहरु गन्दै
तिनैका हिसाब किताब समेटी
अश्रुपुरित नयन संगै
रणभूमि को छातीबाट
म लेख्दैछु प्रेमपत्र ...

आक्रान्त मन ,
त्रसित आत्माहरु
बिचलित आज र अनिस्चित भोली बिच
सम्भावनाको खडेरिमा
धुमिल सपनाहरु बटुलेर
नुनिलो आँशुको बुंद बुंदले
म लेख्दैछु प्रेमपत्र ...

प्रिय!! तिम्रो अपेक्षा बिपरित,
तिम्रो आकांक्षा को उल्टो
तिम्रो कल्पनाको साटो
एक अकल्पनिय ,ह्रदयबिदारक ,,
प्रणय र माधुर्यता भन्दा टाढा
तितो यथार्थ तर ऐतिहासिक..
म लेख्दैछु प्रेमपत्र ...

तर ,,तर
यो अन्तिम हुनेछ
यो समाप्ती हुनेछ
यो पूर्णबिराम हुनेछ
यो ध्वंस र बितण्ड
धोखा र बर्बादी काहानीको ,,
यो पत्र अन्तिम हुनेछ...

आशा छ ..
फेरी मायाका कुरा लेखुँला
प्रणय का प्रेमिल कुरा लेखुँला
सपना र रहर अनी ..
सम्भावनाका मिठा शब्दहरु लेखुँला
बस् अहिलेलाई ,,
मुटुमाथी ढुङ्गा राखी
आशु र रगतको मिश्रणले
म लेख्दैछु प्रेमपत्र ।।।

पागल

पागल


पागल बस्ती
पागल आकाँक्षा
पागल उत्सुकता
पागल खोजी
पागल सौन्दर्य
पागलहरुको खोज
न्युन पागलहरुको रहर भित्रको म पागल !!

आवरणिय सुन्दरता भित्रको
बिक्रित रुपसँग
मेरो पागलपन असाध्य डराउँछ
अनी त,
अनिन्द्य सौन्दर्यको
सार्थक खोजिमा
अनुहारहरुका बथान नियाल्दै
पागलपनमा म
कुरुप अनुहारहरु खोजिरहेछु\

स्वरुपले राम्रा मैदानहरु
उपयोगीताले बन्जर पनि हुनसक्छ
र त ति फैलावटसँग
मेरो पागलपन असाध्य डराउँछ
अनी त,
सपना रोपी सम्भावना फुलाउन
समयको कान्ला उक्लिँदै
म मेरो पागलपनमा
अजङ्गको भिर खोजिरहेछु\

अधमरो सिर्जनाको छातीमा
अहँकारको भुल्कोहरु
बुढो सभ्यता बोकेर
पागलहरु भन्दा पृथक भनिन खोजिरहेछन्,
हरेक सिर्जनाको क्षण
पागल आकाँक्षाको प्रतीति न हो
म मान्छेहरुको
अनगिन्ती शहर डुल्दै
पागलहरुको बस्ती खोजिरहेछु\

पागलआँखाले चियाउने दृष्यनहरु ,,,

आखिर सभ्यता बुढै भएछ!!
सभ्यताकै चिहानघारिमा
सर्बथा नयाँ फूल फुलाउन
म पागलहरुको ऐक्यबद्द
हात र हाँसो खोजिरहेछु
पागलहरु नै आफ्नो बोली बोल्छन्!!
म अझै पागल भन्दा पनि पागल हुन खोजिरहेछु ***

पहिचान

पहिचान


छिमेकी सुगाको रटाइ
'अन्धोन्माद'मा
बाबाको उपदेश

आमाको लोरी,
चौकोशभित्रै चिहान खनेर
भूतलमा गाड्न उद्धतहरु
कुलको ईतिहास उपहास गर्दै
जमातमा डुक्रिँदैछन,
मैले
आफ्नी आमाको लाम्टोलाई
पूजा गर्दा मेरो प्रार्थनाको दोहोलो काढिन्छ
तर म जान्दछु सबै डुक्रिनेहरु
पवित्र मन्दिर रुङ्ने शिवका साँढे हुँदैनन्\

गिदिको मोहनभोग
'सतही स्वादमा'
खोपडिको घोटाइ

साधनाको उचाइ,
मझेरिमै धुनी बालेर
आगो ताप्न अभ्यस्तहरु
हूलका हूल अट्टहास गर्दै
चरुको नाममा डढाउँदैछन्,
मैले
आफ्नै ईतिहासको पानालाई
छातीमा टाँस्दा असह्य भिड चिच्याउँछन्
तर म जान्दछु सबै भिडको चिच्याहटमा
साधनाको अनवरत शिंहनाद् हुँदैन\

सबै अप्ठ्यारा गोरेटाहरुले
थोरै बटुवाको पैताला छुन्छन्
अग्ला पर्बतका चुचुराहरुले
थोरै साहसीलाई अङ्कमाल गर्छन्
दर्शनका घनघस्या उक्लिन
कठोर खुड्किला टेक्नुपरेझैँ
साँच्चै ,,
आमाको खास्टो जोगाउन पनि
सँधियारको पटुकी चोरेर कहाँ हुन्छ??

मलाई थाहा छ पराइको तानमा
पहिचानको रेशमी धर्सो हुँदैन।

निर्लज्ज अन्त्य हुनेछ

निर्लज्ज अन्त्य हुनेछ



खन्डहर बिगत का,
भग्नावशेश खटिप्वाल बाट
अनन्त भबिस्य चिहाउने हरु
बर्तमान को लाम्बद्ध बस्ती बसाउदै छन्
बन्द गर तिम्रा बिनाश्कारी उर्जा हरु
किनकी ,,यो बस्ती को एकात्मक घनिस्ठता
तिम्रो ध्वन्स को सुनामी भन्दा
शक्तिशाली ,,,तेज घनत्व को हुनेछ ,,

बिलित खरानी का थुप्रो बाट
धुवाउदो झिल्का हरु मा
दुरगामी महत्वाकान्क्ष्या बोक्ने हरु
सौर्यात्मक ज्वाल बोकी उठ्दै छन
टाढा लैजाउ तिम्रा कुटिल काला बादल हरु
किनकी ज्वलित यि सम्भावना का बेग हरु
तिम्रो बेमौसमी झरी भन्दा
अनवरत द्रुतगामी हुनेछ ,,

आसु सकिएका ,निर्लिप्त ,,
तर सपना देख्ने आँखा हरु
सुदुर क्षितिज नियाल्दैछन
हटाउ तिम्रा झुट का सेता पर्दा हरु
किनकी यी आँखा बाट बग्ने भेल अब
नुनिलो आसु होइन अग्रगामी प्रबाह बोक्ने
रक्तिम बाढी हुनेछ ,,

रोक कुटिल खेल ,
आत्मघाती सपना हरु
भाग ,पलाएन होउ या गर आत्मसमर्पण
नत्र तिम्रा घातक एम्बुश मा
तिम्रै पुस्ता को महल ध्वस्त हुनेछ
ईतिहास का पाना पल्टाउने
आउँदा हरेक पिढी सामु
तिम्रो हार आँफैमा अप्नत्व हुनेछ
प्रलाप गर्जन एकैछिन बिनाशी आडम्बर को
तर ,,,निर्लज्ज अन्त्य हुनेछ ।।।।

/त्यो दिन.. सपना तुहिन्नन्/
अन्योलको सिरकभित्र
चकमन्न रात तन्किरहेछ,
आधा खुल्ला
आधा बन्द आँखाको बिचमा
इनर्सियाको धङ्धङी जस्तो
बुद्दको सपना प्रतिबिम्बित हुँदैछ,
सपना?!
बुद्दको सपना कि
सपनाको बुद्द??
बादल बोकाइएका आँखाहरु
सपनाको गर्भाधान् कसरी गरुन्!
यहाँ सम्भावित सुनौलो सपना समेत तुहिँदोछ\

त्रासदी ओतमुनी
चार भित्ता उदाङ्गिरहेछ,
थोरै ह्वाङ्गै
थोरै छोपछापको बिचमा
काल्पनिक आकृति जस्तो
टाउको ओतिन खोजिरहेछ,
ओत् ?!
टाउकोको ओत् कि
ओतको टाउको??
उडाइएको छानोमुनी
टाउकाहरु कसरी ओतिन्छन्!
यहाँ मनकै छानो समेत चुहिँदोछ \

संक्रमणको चपेटामा
सबैखाले खेती चौपट नाशिइरहेछ,
थोरै आशा
धेरै खतराको दोधारमा
नियतिले खेल्ने जूवाजस्तो
किसान बिउ छरिरहेछ,
बिउ?!
उम्रिने बिउ कि
कुहिने बिउ??
बिषादी मिसाइएको माटोमा
बिउ कसरी उम्रन्छन्!
यहाँ भरोसा कै बिउ कुहिँदोछ ।

के निर्दोष आँखाहरु
बबुरा टाउकाहरु
भ्वाङ्ग नपरेको छानोमुनी
ओत लागेर,
बुद्दशान्ती सपना देख्दै
मलिलो करेसामा
सकुशल बेर्ना उमार्न पाउन्नन्??

बर्बादिका प्रस्तरले
टेकेका पैतालामुनी
बिस्तारै ,,बिस्तारै
जमीनको टुक्रा खस्क्याइनुपर्छ
बिस्तारै ....
छातीमा दृढताको पर्खाल उभ्याइनुपर्छ
बिध्वँसको घाउ
बिध्वंसिलाई चर्क्याइनुपर्छ
त्यो एैतिहासिक सुरुवात
किसानहरुबाटै हुनुपर्छ
त्यो दिन...
बिचारका
सपनाका
सम्भावनाका
युगिन अक्षरका
बिउहरु हरएक
किसानका करेसामा
निर्धक्क उम्रेर टाउको उठाउँछन्
त्यो दिन...
आँखामा बादल हुँदैन
सपना तुहिन्नन्
त्यो दिन..
*****

तिमीसँग एकरात माग्दैछु

तिमीसँग एकरात माग्दैछु


पहिले कहिल्यै नमागी
अनुनय र याचनै नगरि
एकसरो बँचाइको
लम्बेतन सडकमा
थप थप थप...
कल्पनातित
अतित
ब्यतित
कथितजस्ता इट्टाहरु थपिरह्यौ ,,थपिदियौ,
तर आज,
तिमीसँग एकरात माग्दैछु।

तिमीले दिएका पलहरु
तिमीले निम्त्याइदिएका अवस्थाहरु
भाग्यको छातीमा उम्रेको
निलो शिरिष सम्झी
अनवरत
चुपचाप
चु..प..चा..प...
हरतरहले
गोड्दै स्याहार्दै आएँ
तर आज,
तिमीसँग एकरात माग्दैछु।

कोलाहल बिहिन
थकान बिहिन
शितल जूनको शिताम्य पाटङ्गिनिमा
भित्रका यि
उकुसमुकुस भावनाका घडाहरु
गुम्सिएका तरङ्गहरु
भन्न नसकिरहेको
देखाउन नसकिरहेको
असन्ख्य उत्ताउला तरुणी भावना
छ्यालाब्यालती तिम्रो छातीमा पोखिदिउँ!!
यही रहरमा,
तिमीसँग एकरात माग्दैछु।

उफ्फ! अचाक्ली छट्पटिमा
मन र मष्तिस्कको
बेपर्बाह समभोगबाट
रातैभरी बग्रेल्ती..
चेतनाका बिज यत्रतत्र छरिदिउँ!
भोलिको बिहान
चेतोप्रद सर्बथा नौला लहराहरुले
तिमीलाई चिहाउन्!
म तिम्रो
हिजो,
आज,
भोली र
भोलिको पनि भोलीहरु
व्याख्यागर्ने सिङ्गो दर्शन लेखिदिन्छु,
जिन्दगी!!
ओ! जिन्दगी!!
यही सपथ सहित याचनामा
आज तिमीसँग
"एक वयष्क बिचारको रात" माग्दैछु,
तिमीसँग एकरात माग्दैछु ।।
***

तिमी र म होइन

तिमी र म होइन


तिम्रो खुट्टा ढोगिन ,
बुढी औलो धोएर पानी खाइन
खुट्टा को जुत्ता उतार्दिइन
तर नभन सम्मान गरिन ।।

घुम्टोले टाउको छोपिन
बार्ह हाते फरिया को सप्को हालिन
चौबन्दी मा आफुलाई सजाइन
तर नभन संस्कार पछ्याइन ।।

कैलेकाही समय मा तिमीलाई खाना बनाइन
तिमी जादा बिदाइमा बाइ भन्न पाइन
तिमी आउंदा स्वागत मा रहिन
तर नभन कर्तब्य निभाइन ।।

ढोँग देखाइ खुट्टा नढोगे पनि
हार्दिकता भरी अँगालेको छु
खुट्टा को जल होइन तिम्रो
पसिनाको मोल बुझेको छु ,,,

स्विम्मिङ सुट मा पौडी खेलेर
ऐतीहासिक मेडल जितेको छु
छरिता पहिरन लगाएर
दैनिक जीवन सरल बनाएको छु ,,,

तिमी सँग हात बटाएर
हैंसेमा होस्टे गरेको छु
तिम्रो स्वागत मा नउभिएर
अन्य जिम्मेवारी निभाएको छु ,,

साकारात्मक परम्परा
मन भरी बोकेको छु
अभावका चोट हरु
सिर्जनाले छोपेको छु ,,,

परम्पराको रखवारी मात्र होइन
परिष्कार पनि त गर्नु पर्छ
पुरातन लाई पच्छ्याउने मात्रा होइन
नयाँ आबीष्कार पनि त गर्नु पर्छ ।।

मेरो परम्परा मेरो राष्ट्रियता
मेरो संस्कार मेरो सम्प्रभुता
म मा संधै सवार छन
संगै मेरो आत्मियता ।।

म बाडिन्छु कर्मशील भई
तिमीले हात दिनै पर्छ
समय सापेक्ष समुन्नत हुन
तिमीले साथ दिनै पर्छ ।।

साकारात्मक परिवर्तन को लागि
सोच फराकिलो बनाउनु पर्छ
प्रिय!! पहिले तिमीले मलाई विश्वाश गर्नु पर्छ
तिमी र म होइन ,,अब हामी बन्नु पर्छ

जीवन पाहुना

जीवन पाहुना


चिसो रात मा अन्धकार् को खास्टो भित्र ,
आफ्नै तातो खोज्ने हरु ,
नाक खुम्च्याउछन
स्वार्थ को हाट बजार मा
कपट को मण्डी ब्यापारी को हाउभाउ देखी ..

भोको पेट मा अभाव को भान्छा भित्र ,
सन्तोष को जाउलो पकाउने हरु
मौन रहन्छन
अहन्कार को थाली मा
सुन को भाग पस्किने को स्वाठ देखी ..

जीवन पाहुना ,अनिस्चित उकाली ओराली
हिंडेर सकिन्न ,हिंड्ने सकिन्छ
तह तह को आ आफ्नै बगाल मा
मान्छे बाडिएको छ
पुग्ने ठाउँ एउटै हो बाटो जहाँ हिंडे पनि
सुन ,कपट ,,चिसो रात ,,
जे देखे पनि ,,,जे भोगे पनि ,,,।।।

।।जिन्दगी।।

।।जिन्दगी।।
पटक पटक
उतार चढाव हरुमा जाँच् दिनुपर्ने,
रहरको मेरुदण्ड,
कतै जोड्दै त कहिले कतै भाँच्दिनुपर्ने,
गह मै आँशु छ,
तै पनि ओठ फैलाई हाँस्दिनुपर्ने,
नचाहेरै पनि,
बाध्यताको रंगमञ्चमा नाच्दिनुपर्ने,
थोरै आफ्नो लागि,
अनी धेरै अरुको लागि साँच्दिनुपर्ने,
फगत...
आशाको त्यान्द्रोमा झुन्डिएर बाँच्दिनुपर्ने,

जिन्दगी ...यही त हो जिन्दगी ।।।

//कामना डायस्पोरिक महाकाब्यको//

//कामना डायस्पोरिक महाकाब्यको//

हर बिहान म आँखा खोल्छु
एउटा न्यास्रो ओच्छ्यानमा
बैराग्यको च्यादर भित्रबाट
हाइ काढ्छु अनी..
श्रीगणेश गर्छु अभ्यस्त दैनिकिहरु
नमिठो उच्छ्वासमा ,,

दिन उम्केर जवान हुँदा,
पाताले थुम्को हेर्दै
सगरमाथाको न्यास्रो मेटाउन खोज्छु र
मृतसागरको सतहमा
आफ्नै आकृतिहरु खोज्नेगर्छु
सहसा ,,आँखाहरु चिसिन्छन्
परदेशको नमिठो अनुभूतीमा..

शनै शनै ,
आत्मियता बढेझैँ लाग्छ दुरिमा
प्रगाढता बाक्लिँदै
हृदयका घडा छचल्किन्छन्
मातृभूमीको न्यानो उष्मा मनको पुलेसोमा
म लेख्न बस्छु 'देश प्रेम' काब्यकथा
लमतन्न... भूमध्यसागरको किनारमा,

खेस्रा कागज संगको प्रेमालाप
पस्छु साहित्यको शयनकक्ष
अनी ,
उस्तै लाग्छन् 'ती' हिमाल 'यी' थुम्का
बिस्तारै धमिलिंदै जान्छ
'परदेश' को धर्सो।
बाँकी,
एकाग्रता,आत्मियता,तन्मयता
आकार लिनथाल्छ स्नेह
प्रादुर्भाव हुनथाल्छ प्रेम
म बत्तिन्छु कलम सङ्गै
खररररर खर् खर् खर्
.........
ओह! म हराउंछु ,,
अन्तर्मन् को गहिराइमा
ब्यग्रित कामना गर्छु..
जन्मियोस एक "डायस्पोरिक" महाकाब्य
म चढाउंछु सगरमाथाको शिरमा ।।।

//म कतै जाँदैछु/

//म कतै जाँदैछु//
यो बिचित्रको शहर हुँदै म कतै जाँदैछु,
सानो कुटुरो तिम्रो याद मन् को खोपिमा बोकेर...
यो मेरै स्वनिर्णय हो,
म जानै पर्छ ,अहिलेलाई छुट्टीनै पर्छ \
छातीमा मुट्ठी ठोकेर ।
आकर्षण बाहेक अरु केही छैन,
सोचमा कतै समानता छैन,
अलग अलग आँखाका हेराइ..
तिमी रङ्गमा रम्न मात्रै खोज्छौ
रङ्गिन अवयव बुझ्दै बुझ्दैनौ,
उफ् !!!!!!!!
तिम्रो आकर्षण मेरो गालाको लाली मात्र हो,
डराउँदा म निली हुन्छु,
अत्तालिँदा पहेंली हुन्छु,
रिसाउँदा राताम्य हुन्छु,
,,,यी सबै रङ्गै त हुन् ...
तिम्रो सरोकार बजारे लाली पोत्नु संग हो,
कलेटी ओठ को प्राक्रित निल्डाम संग होइन\
त्यसैले ,
यो रमझम को रित्तो शहर हुँदै म कतै जाँदैछु,
सानो कुटुरो तिम्रो याद मन् को खोपिमा बोकेर...
तिमी उदार देखिन्छौ तर होइन,
म पुलकित हुन खोज्छु तर सक्दिन,
तिमी भन्छौ"तिमिलाई सम्पूर्ण स्वतन्त्रता दिन्छु"
मानौँ मान्छे हुनुको मेरो हक तिम्रो खल्तिमा बन्धक छ,
अहँ म मान्दिन ,मान्नै सक्दिन
यो अघोषित निरंकुसता,
यो कालो पर्दाले मेरो दृष्टि छेक्छ,
उफ् !!!!!!!!!!
त्यसैले,
यो खोक्रो आडम्बर को शहर हुँदै म कतै जाँदैछु,
सानो कुटुरो तिम्रो याद मन् को खोपिमा बोकेर...
माया गर्नु बाहेक अरु सबै फरक
तिमी धर्सो टेकेर बिस्तारै,, छल्दै
घुमाउदै बृत्त बनाउछौ जहाँ फेरी म अघोषित बन्दी हुन्छु,
निकास बिनाको कालो मुस्लो ले मलाई अझै पोल्छ,
त्यही धर्सो तानेर पर ,,,पर क्षितिज छुन तिमी रोक्छौ \
उफ्!!!!!!!
त्यसैले ,
सुन् को पहेँलो छानो तिमीलाई छोडि,
यो सम्भ्रान्त शहर हुँदै म कतै जाँदैछु,
सानो कुटुरो तिम्रो याद मन् को खोपिमा बोकेर...
बिछोड को भयानक काल्खण्ड पछी ,,,
तिमी आउने छौ मलाई भेट्न
एउटा नयाँ सोच बोकी ,पुरै बद्लिएर ..
त्यहा, जहाँ म पर्खिरहेको हुनेछु
एैतिहासिक पुनर्मिलन ,,
जहाँ तिमी अली तल झर्नेछौ,
म अली माथी उक्लिनेछु,
अनि एउटै धरातल टेकेर बराबरि उचाइमा
आकाश को निलो रङ्ग छोएर
प्रकृतिको हरियो छामेर,
माटोको रङ्गमा लाप्पा खेलेर
मुटुको रातो रङ्ग अनी तातो सामिप्यतामा हराउनेछौँ ,,
त्यतिबेला सम्मको लागि ,
मुटुमा ढुङ्गा राखी,
यो बिचित्र को शहर हुँदै म कतै जाँदैछु,
सानो कुटुरो तिम्रो याद मन् को खोपिमा बोकेर ।।।।

//उस्तै उस्तै लाग्छ //

//उस्तै उस्तै लाग्छ //


रामापिथेकस अंकल
आदिमतामा रौं ले ढाकिएर हिंड्थे,
म ,,
आधुनिकतामा सभ्यताको
एक्सरो टेरिलिन बेरेर हिंड्दैछु
उस्तै उस्तै लाग्छ ...,

देख्दैछु जीबहरुमा
जडत्व बढ्दैछ
खोइ किन किन
एकपटक फेरि
मिश्र र मेसोपोटामिया
उधिन्न मन् लाग्छ,
हेर्दैछु सभ्यहरुको भिड्मा
सभ्यता हराउंदैछ
खोइ किन किन
एकपटक फेरि
नाइल नदीको किनारैकिनार
डुल्न मन् लाग्छ...,

बनाउने 'एक्लै' सुसेल्छ
बिगार्ने 'जमात' चिच्याउंछ
कतै ..
पिरामिड र ग्रेटवाल
नभत्कियोस ..!
समयले बांकटे हान्यो
चेतना सुतिरहेछ,
दृष्य छ दृष्टि छैन
छाम्छुम गर्दैछु
'हिजो'र'आज'केही त फरक छैन
उस्तै उस्तै लाग्छ ।।।

"आगो"

"आगो"
आगो बर्बादी
आगो ध्वँस
आगो कलह
आगो बिनाश
आगो उत्पिडन
मात्र मात्र,,संहार!!

आमा!! म आगो सुलुत्त निलिदिन चाहन्छु
ताकी अब उप्रान्त यसको उग्रतामा
तिम्रो पच्छ्यौरी नजलोस,
तिम्रो,, झुपडी नडढोस् ।

आगो चेतना
आगो सभ्यता
आगो शक्ती
आगो सिर्जना
आगो साहस
आगो! आगो!,,जीउँदो सुचक !!
आमा!! म आगो ह्वालह्वाल्ती ओकल्न चाहन्छु
ताकी अब उप्रान्त तिम्रा मेरा सन्तान
नयाँ क्षितिज कोर्न सकुन्
झिल्सिँदो रातो कोइला जस्तो जीउँदो बाँचुन् ।

"आगो" र "आगो" को रुप
समानता
बिबिधता
प्रक्रिती
प्रतिक्रिती
आगै नजानी ओकल्ल्नु
आगै नजानी निल्नु
आगै नजानी चलाइनु
आगै नबुझी "परिभाषा" गरिनु
आमा!! यही त बिडम्बना थियो! छ!

तिमी निर्धक्क होउ आमा!
अब ,,
आगो मै निल्छु ,,मै ओकल्छु
'उद्दार' 'संहार'
आगो म आफ्नै हातले खेलाउँछु
ताकी अब उप्रान्त तिम्रा मेरा सन्तानले
"आगो" चिनुन् ,,,जानुन् !!!!!

//आँखा र लाज दुबै छोप//

//आँखा र लाज दुबै छोप//


आलस्यको चौकोशभित्र लामो बसाइ पछी
दैलो उघारेको बेला
करेसाबाट फूलको बेर्ना बेपत्ता!
सुनाखरिको बखान फलाक्दा फलाक्दै
आँखाले घुम ओढ्ला,
ध्राणशक्तीबिहीन् ठेउके नाकहरु!!!
आऊ एउटा स्वजिवी पलाँस रोप ।

भोकको लामो चित्कारपछी
सिस्नु फूलेकोबेला
फलामे चिम्टा बेपत्ता!
आस्वासनको कचौरो नियाल्दा नियाल्दै
सिस्नेफूल ओइलाउलान्,
आऊ साहसको अंकुसेले
मनको डालिमा विश्वाशको फूल टिप ।

फूलका बेर्ना चोरहरु,
फलामे चिम्टाचोरहरु
पैतालामा पत्थरी टाप ठोकेर
तिम्रो आगनमा शयर गर्न आउँदैछन्
साधुको परिधानमा
अब
तिम्रो कछाड च्यात्न
हे अलमस्तिहरु!!
सक्छौभने हत्केलाले
आँखा र लाज दुबै छोप!!!!

<अबउप्रान्त म स्पर्शमा होइन अनुभूतिमा हुनेछु >

<अबउप्रान्त म स्पर्शमा होइन अनुभूतिमा हुनेछु >


सखी! मलाई नखोज्नु अब प्रलापी फाँटहरुमा,
एकतमासको मैदानबाट
खुत्रुक्क माथि उक्लेर,
म हिँडेकोहिँड्यै हुनेछु अनवरत..
निर्माण बिनिर्माणको कान्लो हुँदै
प्रयोगको तेर्पाङे उकालोहरु,
नखोज्नु मलाई बिसौनिहरुमा...

अबउप्रान्त म यात्रामै थकाई मार्नेछु ।

अनी,नखोज्नु बिचारका सग्ला रुपहरुमा,
दर्शनको मूलबाट
भङ्गालो छुटेपछी,
म एक अनेक हुँदै रहन्छु..
अपूर्णताको पक्षमा अवस्था टुक्र्याउँदै जोड्दै
स्वअस्तिवको पहिचानका खातिर,
नखोज्नु मलाई निरुपित सिम्रिक हरुमा...

अबउप्रान्त ब्रम्हाण्डको वापत म अनेक रंगमा घुल्नेछु ।

नखोज्नु मलाई निस्चित निर्धारित बिन्दुहरुमा,
यहाँ
त्यहाँ
छु
छैन
हुन्छु
हुँदिन
को बिचमा म हुनेछु..

अबउप्रान्त तिम्रो मनको पाखो देखि यत्रतत्र सर्बत्र हुनेछु ।

मलाई नियाल्न अब आँखा नच्यात्नु,
जीवनका रङ्गहरुमा
आँखा टम्म थुनेर
मनका औँलाले
रङ्गिलो खुशी छाम्नु..

अबउप्रान्त म स्पर्शमा होइन अनुभूतिमा हुनेछु ।

अनी सखी! नखोज्नु मेरा कृतिहरु धमिरे ढड्डाहरुमा,
समयको संघार उघ्रेकोबेला
फक्लेटो दैलो नाघेपछी
रहस्यै रहस्यको रङ्गिन मसीमा
संकल्पको निब चोबेर
म लेख्छु आरोहावरोहको पानैभरी,
नखोज्नु सावाँ अक्षरहरु दृष्यका कागजहरुमा...

अबउप्रान्त म सिर्जना दृष्यमा होइन दृष्टिमा गर्नेछु।।

<अक्षरका बेर्नाहरु र कलमकिसानहरु>

<अक्षरका बेर्नाहरु र कलमकिसानहरु>


अक्षरका बेर्ना उमार्ने कलमकिसानहरु!
यहाँ ब्याड्मै पानी सुकाइदिनेको कमीछैन,
तर अब भन्नै पर्छ
हेर!यहाँ उन्नत जातका बिउ रोपिँदैछन्
जो षाडयन्त्रिक अनाबृष्टीमापनि उम्रन छोड्नेछैनन्

यिनै मनखेतमा थालिएका नविन खेतीमा
हल्लैहल्लाको बिषादी छर्नेहरुको कमीछैन
तर अब भन्नै पर्छ
हे! परीश्रमी हातहरु!खनेर युगको खोपिल्टाहरु
रोप्न नछोड, रोप्दै गर रोप्दै गर

तीन महिना खाएर नौ महिना आयातमा भर पर्नेहरु
पैंचोको गन्ध डकार्दाहुन्
तर अब भन्नैपर्छ
अबको खेती उन्नत समुन्नत हुनुपर्छ
पैँचो तिरेर निर्यात गर्नुपर्छ

यो सर्बथा नौलो अनाज
बजारमा बिक्दैन भन्नेको कमी छैन
तर अब भन्नै पर्छ
डालो र ढाकरभरि
खर्पन र रुक्स्याकभरि
पोल्टा र खल्तीभरि
नाङ्ग्लो र मान्द्रोभरि
मन र भावनाभरी
इच्छा र सदभावभरि
बोकेर समयको बुइँचढि
घरघरको चूलामा पुगेपछी
किन चाखिन्नन् प्रयोगका अनाजहरु??!!

तर फल नलाग्दै
हाँगा लछारिदिनेको कमीछैन
अनी अब भन्नै पर्छ
मेहनती कलमकिसानहरु!!
रोप अक्षरका बिउहरु समयको सङ्घारैभरि
अबको स्वस्थ अक्षरी अनाजले
हाम्रो सन्तानको औषत आयु लम्ब्यानुपर्छ
तिनका चेतना हृष्टपुष्ट बनाउनुपर्छ

युगीन फल दिने अक्षरको मुल्य समयले तोक्नेछ ।।।।

ओ!! तिमी अँध्यारो गुफा !!

ओ!! तिमी अँध्यारो गुफा !!


जस्तोसुकै र जतिसुकै ठुलो होस्
तिम्रो भब्य महल,
मेरा आँखा देख्छन्
त्यो सानो,चिसो ..
अँध्यारो गुफा
कहिल्यै फैलिन नजान्ने
जीवनहिन,रङ्गहिन,
मरुभूमिजस्तो सुक्खा अनी
अँध्यारो गुफा\

म भन्दैछु,,
तिम्रो महल(तिमीले मानेको),
कती सानो छ
सानो ;मेरी आमाको गर्भे शिशुदानी भन्दा,
जो जीवन जस्तो रक्ताम्य हुन्न
जो दोस्रोको निमित्त तन्किन्न,
जो अरुको अस्तित्व स्विकार्दैन,
साँघुरो, अँध्यारो गुफा\

यही त तिमी र म मा फरक छ !
चिसो सोच बोक्ने तिमी महलको मालिक,
भोलिकोलागी नयाँ आशापुञ्ज बोक्ने
जीवनहरुका निमित्त म शिशुदानी को रक्षक
तिमी भोली सङ्गै डराउने ...
म समाहित शक्ति सहित निर्भयी
तिमी अन्धकार दुलोको मुसा
ओ!! तिमी अँध्यारो गुफा !!

मरुभुमिमा बरालिएका चार दिन

एउटा सौभाग्य भन्नुपर्छ जागिर पकाउँदै मैले मध्यपूर्बको सुन्दर र बिकसित् देश -यहुदी राज्य इज्राएलको लगभग सबै भाग घुमिसकेको छु। मलाई यो मौका प्रदान गर्ने मेरी पछील्ली अन्नदाता चिपोरा तलोर संग म सदा सदाको लागि आभारी रहनेछु। उनकै कृपाले गत मार्च महिना मा अर्को एउटा अर्थपूर्ण भ्रमणको सुयोग जुर्यो। मार्च को २९ तारिख हाम्रो पूर्व योजना मुताबिक याहूदिहरुको महत्वपूर्ण धार्मिक पर्ब "पेशाख" को अवशरमा हामी लाग्यौँ उत्तरी इज्राएलको एक रमणिय मरुभूमिय पर्यटकिय स्थान "मिज्पे रमोन" तिर। जहाँ हाम्रो चार दिने बसाइ हुनेथियो इज्राएलको प्रसिद्द होटेल 'इस्रोटेल' को एउटा साखा "इस्रोटेल इन" जो चिपोराले चाडको खचाखच लाई ध्यान राख्दै लग्भग ४ महिना पहिलेनै रिजर्भ गरिराखेकी थिन्। सुरुमा म त्यती खुशी थिईन यो भ्रमण् लाई लिएर । मरुभूमिको पनि के भ्रमण् गर्नु त्यै उराठ ढुङ्गे बगर जस्तो त हो नि भनेर मलाई त्यती फूर्ती लागेकै थिएन। यो एकहप्ते लामो पर्बको खुशीयालीमा चिपोरा र उनको भतिज रामी भने खुशीले दंगदास थिए। सामान प्याक गरिओरी दिंउसो तिर हाम्रो गाडी लाग्यो उक्त स्थान तिर। होटेल पुगेपछी केही रमाइलो लाग्यो। मरुभूमिको छेउमा शान्त बातावरणमा उभिएका सुबिधायुक्त होटेलहरुको ताम्झाम ले मलाईकेही रमाइलो लाग्यो।त्यो दिन पर्बको सुरु दिन भएकोले हामी बस्ने होटेलको बाहिर भित्र खचाखच पाहुनाहरु भरिभराउ थिए। हामीले आ आफ्न सामान आफ्ना कोठामा लगेर मिलाइसकेपछी एक छिन् सबै जना आराम गर्न पल्टियौँ । बेलुकी ८ बजे तल डाइनिङ्ग हल मा झरेपछी मलाई लाग्यो यो कुनै होटेल नभएर मेरो घर छेउको कृष्ण मन्दिरको जात्रा हो। बिस्तारै भिड पन्छाउँदै हामी आफ्नो नम्बरको टेबल घेर्न पुग्यौँ। एकैछिनमा सबै ब्यबस्थित भएर बसेपछी हाम्रो तिर पुरोहित भने जस्तो याहूदीहरुको धार्मिक गुरु 'राब' (जसको दुईतिर कन्चेट बाट कपालको लामो घुमुर्के लुर्को झुण्डिएको थियो, ट्टुपीको थेक्लो छोप्ने सानो गोलाकार टोपी टाउकोमा थियो,सेतो कमिज र कालो पाइन्टमा सजिएर एक खालको कालो किनारा र सेतो भुइँ गरेको बर्को जस्तो दुबै काँधमा राखेका) ले लामो पाठ गरे अनी धार्मिक रिवाज अनुरुप सुकेको पाप्रो जस्तो रोटी बिबिध सलादहरु संग वाइनको चुस्की संगै खान थाले। मैले पनि त्यसै गरेँ। स्वाभावत: म धार्मिक सहिष्णुता भएको सुन्दर देश को नागरिक भएरपनी होला मलाई फरक धर्मका रितिरिवाजहरु मा घुलमिल हुँदा अलग्गै आनन्द र ज्ञान प्राप्त गरेझैँ लाग्छ। काश्! हाम्रोमा अहिले धर्मको आडमा तेरो र मेरो भन्दै बितण्डा मच्चौन खोज्नेहरुले पनि यस्तै समभाब राखिदिए भाईचाराको बिस्तार हुन्थ्यो होला।
यसरी धार्मिक रिवाज अनुरुप निक्कै लामो बिधी गर्दै मिठा मिठा परीकारले त्रिप्त भइसके पछी त्यो भब्य डाइनिङ्ग हल छोडेर हामी आफ्नो कोठा फर्कियौँ । चिपोराका काकी भतिज गफिन थाले ,म एक कप कालोकफी सुर्क्याइसकेर सुटुक्क आफ्नो कोठामा पसेँ ,ध्रुबचन्द्र गौतम दाई को उपन्यास "घुर्मी" मा हराउंदै कतिबेला फुस्सै निदाएछु।
भोलिपल्ट बिहान याने कि ३० मार्चको सुर्योदय आलस्यपूर्ण भएर आयो, किन कुन्नी मलाई कता कता खल्लो लगिरहेको थियो यो बिहान,मनमा कुरा खेलाउँदै कफिको सुर्को तान्दै थिएँ मोबाईल को रिङ्गग ले ध्यान तान्यो। रिसिभ बटन थिच्नासाथ् सुनेँ," मम्मी आई लब यु!! हजुर के गरिरनुभाको?? हामी त आज टि भि मा भुइँचालोको फिल्म हेरिराको।" छोरा र बाबुको यस्तै अरु निकैलामो गन्थन र बेलिबिस्तार सुनेपछी एकाएक मैले शरीरमा शितको थोपा थोपा गालामा बोकेर मुस्कुराइरहेको गुलाफको फूल झै स्फुर्ती महसुस गरेँ। दुई दिन देखी परिवार संग कुरा गर्न नपाएको नियास्रोले पो रहेछ मेरो आलस्यता बढाएको। कफीको कप रित्याइसंगै सबैजना तयार भएर लाग्यौँ सबैभन्दा ठुलो ज्वालामुखिको मुख desert crater view हेर्न भनी। यात्राको सुरुवात त्यहा गेट कै अफिस बाट हुने भयो। चिपोरा ले टिकट किन्दै थिईन् एउटी सुन्दरी गोरिले केही पर्चा र नक्सा संगै एउटा बडेमानको प्लास्टिकको थैलो थमाइन् मेरो हातमा र सोधिन् हामी सँग सलाई, लाइटर छभने त्यही अफिसमै राख्नुहोला र अनिवार्य प्रतिब्यक्ती ५ लिटर पिउने पानी बोक्नुहोला पनि भनिन्। पानी त पिउनलाई हो त्यह मरुभूमिको तातोमा तर सलाई भए लैजान किन नपाउने र यो भाङ्रे झोलाकिन?? अनी चिपोराले प्रस्ट्याइन ,,त्यहा बिभिन्न भौगोलिक, प्राकृतिक मह्त्व राख्ने किटपतङ्ग ,चिज्बिज हुन्छन्। भूलबस् या जानिजानी ति चिजमा आगोलागेर नष्ट हुन नपाउन\ भनेर सलाइ निषेध गरिएको रहेछ अनी केहीपनी फाल्तु चिज जताततै फ्याक्दा उक्त पर्यटकिय स्थलको स्वच्छता घट्ने मात्रै नभएर सोभा पनि बिग्रिने हुँदा पर्यटकहरुलाई उक्त झोला बोकाइँदो रहेछ कि आफुले फाल्ने सबै फाल्तु चिज त्यही झोलामा हालेर बोक्दै हिँड्ने अनी जहाँ पुगेर फोहरका कन्टेनर भेटिन्छन्\ त्यही लगेर बिसाउने। मैले त्यसबेला आफु काठमाडौं हुँदा कसैका पर्बाह नगरि भान्छाको घुर्यानको पोको झ्यालबाट बिसर्जन गर्ने गरेको सम्झेँ र लाज र ग्लानिले भुतुक्क हुँदै आँफैँलाई धिक्कार्दै सोचेँ एकछिन तिनै अब्यबस्थित फोहोरका थुप्राभित्र हराइरहेको हाम्रो सभ्यताको अन्योल भबिस्य । हरे! मेरो बुद्दिको गरिबि!!(हाम्रो चेतको गरीबी!!)।
उक्त महत्वपूर्ण ठाउँको स्थानिय नाम "माख्तेस रमोन" रहेछ। अन्दाजी ४० किमी लम्बाइ र ९ किमी चौडाइ मरुभूमिको छातीमा पसारिएको उक्त क्राटर समुन्द्री सतह बाट १०३७ मिटर उचाइको 'माउन्ट रमोन' छिचोल्दै इजिप्सियन किनारा छुन पुग्दोरहेछ। भुगर्भसास्त्री हरुको अध्ययन अनुसार करीब २२० मिलियन बर्ष पहिले को शक्तिशाली उत्पातपूर्ण ज्वालामुखिका कारण बन्न पुगेको उक्त क्राटर प्रागएितिहासिक चट्टानिक जैबिक अबशेष ,रङ्गिन स्यान्ड्स्टोन,बिबिध खनिजपदार्थ का कारणले अत्यन्त महत्वपूर्ण रहेछ।
स्वाभावत: बाटमा भेटिएका प्र्त्यक आकर्शण लाई मैले फटाफट क्यामेरामा कैद पनि गर्दै रहेँ। कुशल काष्ठकर्मिले आकार दिएको काठको टुक्राझैँ देखिने ति लाखौं बर्ष पहिले रहस्यात्मक ज्वालामुखिले बनाएका काला चिल्ला प्रिज्मी ढुङ्गा, त्यस्ता ज्वालामुखिद्वारा निर्मित बेजान ढुङ्गाका चेप चेपमा अदभूत साहसि झैँ टाउका उठाएर मुस्कुराइरहेका बिभिन्न जातका सुन्दर झारफूलहरु,कतैकतै साना खोल्ची जस्ता ठाउँमा त्यो खडेरिको छातीमा स-साना पानीका तालहरु जहाँ अचम्म लाग्ने प्यारा चराचरहरु पानीको चिस्यान संगै चिर्बिर चिर्बिर गर्दै नाचिरहेका अनी ढुङ्गाका धार टेक्तै हिँडिरहेका झुण्डझुण्ड पर्यटकहरुको हातमा त्यही अघिका भाङ्रे प्लास्टिकका थैलामा भरी भरी फाल्तु चिजबिज हेर्दै म आत्मादेखी फुरुङ्ग पर्दै अगाडि बढीरहेँ कहिले चिपोराको हात समाउंदै कहिले फोहोरको थैलो रामिको हातमा थमाउँदै ।
कती खेर आधादिन घर्कन लागेछ,हामी मोडियौँ होटेल तिर दिउंसोको खाना खान भनी। बिहान् देखिको थकाई र स्वादिलो खानाको आनन्दमा एकछिन सबैजना आ-आफ्ना बिस्तारामा फालियौं। तर म बेचैन् थिएँ एकछिन पछीको मेरो उत्सुकताको योजना 'स्न्यापलिङ्ग' सम्झेर। कतिबेला जानु जस्तो हुंदैमा मेरो रेस्ट आवर बित्यो। त्यसपछी लागियो त्यतै। पहाडी मुलुकमा जन्मिदैमा पहाडमा उपलब्ध सबै अवस्था र चिजबिजहरुको उपभोग सबैले कहाँ गर्न पाएकाहुन्छन र! मेरो पनि त्यस्तै कथा थियो। जीवनमै प्रथम पटक स्न्यापलिङ्ग गर्दै थिएँ। अग्लो चट्टाने ढिस्को बाट मुन्तिर हेर्दा मुटुनै चिसो भयो। अनी मैले पहिलो पटक १५ मिटर मात्रैको गर्ने भएँ। टाउकोमा हाडे ह्याट लगाएर कम्मरमा डोरिको लुर्को बाँधेपछी स्न्यापलिङ्ग् सम्बन्धी सामान्य जानकारी दीइँदोरहेछ। त्यो सकेपछी म माथि बाट गाईड ले भने बमोजिम एक हातले डोरी अड्याउँदै अर्को हातले अड्कल्दै दुबै खुट्टाले ढुङ्गे चट्टानटेकेर शरीर पछाडि धकेल्दै तल तल झर्न थालेँ। आधाआधी झरिसकेपछी माटो खानेको खोपिल्टो जस्तो आयो जहाँ खुट्टाले भर गर्ने ठाउँ भेटिन मैले। डरले निली हुंदै चिच्याएँ माथि बाट के के भन्दै थियो गाईड्ले तर म भने तिरिमिरी भिसकेको थिएँ । कसो कसो हातबाट आँफैँ डोरी खुकुलो भएर झरेछ र म पनि तलतिर हुत्तिएँ ,लाग्यो आजलाई छोरी बाँची । तल भुइँमा टेकिसकेपछी खुशी र घमन्डले नाक फुल्यो ,कतै सगरमाथा नै पुगेर आएँहुँला जस्तो।
घामको डुबाइ संगै हामी फर्कियौं होटेल र खाना संगै दिनको बिँट मारेर सबै लाग्यो आ-आफ्नो बिस्तारा तिर। आदत अनुरुप हिजोकै बाँकी "घुर्मी" च्यापेर म पनि सुस्ताएँ । केही पेज पनि पढिनसकी निदाएछु।
हाम्रो भ्रमण् को तेस्रो दिन याने कि ३१ मार्चको बिहान अबेर गरी आँखा खुलेछन मेरा। म उठ्दा त चिपोरा र रामी अगी नै उठेर पहिलो लट को कफी सुर्क्याइसकेछन्। म पनि हतार हतार तयार भएँ ,कफी संगै हल्का खाजा पेटमा पुर्याएपछी हामी लाग्यौँ अर्को एउटा महत्वपूर्ण यात्रा तर्फ। उक्त दिन हाम्रो मरुभूमिमा जीप ट्रिप जाने योजना थियो। योजना अनुसार हामी तयार भएर तोकिएको ठाउँमा पुग्यौँ। हामी तीन जना, एउटा रसियन अदबैँसे जोडी, दुजना इज्राएली बाबुछोरी र टुर गाइड ड्राइभर गरी जम्मा ८ जनाको हाम्रो टोली एउटा थोत्रो जीपमा भरिएर लाग्यो सन्सारकै ठुलो क्राटर हेर्न मरुभूमिको छातीतिर। ढुन्ङे गेग्र्यानका अचम्म लाग्दा प्राकृतिक आकृतिहरु,मरुभूमिको छातीमा फाट्टफुट्ट देख्न सकिने अचम्म लाग्दा बिशेष प्रकारका चराहरु,ढुङ्गे चेपमा कतैकतै मुस्कुराइरहेका सुन्दर फूलहरु,खरबौँ बर्ष पहिले प्रकृतिमा आएका उथलपुथल स्वरुप ज्वालामुखिबाट निर्मित काला पत्थरी पहाडहरु,त्यो उजाड गेगरको छातीमा कहीँ कतै देखिने स-साना पानी भरिएका खोपिल्टाहरु, साना थुम्का चिरिएका चेप बाट देख्न सकिने बिभिन्न खनिजका पत्रे सम्पदाहरुले मरुभूमिलाई पनि जीवन दिरहेको देख्दा मैले हरेक दृष्युहरुमा आफ्नै देशको कुनाकन्दरा खोजिरहेँ ,,हामीसँग यस्ता कतिकती छन् सम्पदाहरु तर उत्खनन् र सम्भारको अभाबमा बेखबर कुहीइरहेकाछन् हाम्रो गरीबिलाई अझै गहिरो खोँचमा पुर्याउँदै। बाटाघाटा बिहिन सुनसान मरुभूमिमा कतैकतै भेटिने अन्य टुर जीप बाहेक बेलाबेलामा ति बेचल्ति बाटाका खाल्टाखुल्टिमा जीप उफ्रिँदा हामी सबै हाँडिका मकै झैँ उचालिँदै पछारिन्थ्यौँ र थोत्रो जीपको छानै उड्ला जसरी एकैमुष्ट हाँस्थ्यौँ।
रमाइलापलहरु कती छिट्टै सकिन्छन् ,घाम टक्कै टुप्पी माथी उक्लिसकेछ । दिउसोको झन्डै दुई बज्न लागेको संकेत घडीले दिएपछी हामी फर्कियौँ होटेल। मरुभूमिको छाती नाप्नुमात्रै होइन जीपको घम्साघम्सी उफ्राइले दिएको थकानमा साबिक भन्दा ठुलै भाग खाना खाएपछी लखतरान भएर सबै लड्यौँ आ-आफ्ना कोठामा पसेर। असाध्यै मिठो निदाएछु त्यो अलौकिक ठाउहरुको मनमोहक दृष्याएवलोकन पछीको थकाईमा। बेलुकी खाना खान हलमा झरेपछी झनै रमाइलो भयो। दुई जोडी सुन्दरसुन्दरी नतर्कीहरुको फुर्तिलो नाचसंगै तत्काल हिट मानिएको इज्राएली मायाप्रेमको गीत "आनी ओहेबेत ओताख्" म तिमीलाई माया गर्छु -सुन्दै खाना खाइसकेपछी संधै झैँ चिपोराका काकी भतिज गफ चुट्न थाले। म सुटुक्क पसेँ बिस्तारामा कसैगरी "घुर्मी" पढिसकेर सुत्छु भन्दै। "घुर्मी" को अन्तिम पातो भेट्दा नभेट्दै म ओइलाएछु निन्द्रादेवीको काखमा।
हाम्रो टुरको अन्तिम दिन अर्थात अप्रिल १ बिहीवार छिट्टैनै आँखा खुलेछन मेरा तर चिपोरा र रामी भन्दा चाँही ढिलै नै। हातमा आएको मौकालाई गुमाउन हुन्न भन्दै मैले अन्तिम दिनको बिहान घोड्चढी कार्यक्रम बनाएको थिएँ। हतार हतार बिहानको खाजा सकेर हामी लाग्यौँ फार्म तिर। होटेल देखी अलिक तेर्सो सडक हुँदै निक्कै नै टाढा रहेछ घोडाको फार्म। त्यहाँ अफ्रिकी मुलुकमा पाइने अनौठा प्राणी 'अल्पाका' पनि देख्ने मौका पाएँ जो खासगरी तिनका भुत्ला ऊनका लागि प्रसिद्द रहेछ। होचाहोचा कदका झन्डै ठिकैको भैँसिका पाडा जस्ता तर घाँटी चाँहीँ अलिक बेसी नै लामा, बाख्राको जस्तो लाग्ने थुतुनो अनी ठाउँ बिराएर अन्तै उम्रेको हाम्रो दाँत जस्तो लामो लामो दाँत बाहिर निस्केका ति अनौठा "अल्पाका" हेर्दै लागियो घोडा तबेला तर्फ।
शायद जीबनमै प्रथम पटक घोडाको लगाम समात्न पुगेको क्षण डरले छाती ढक्क फुल्यो मेरो। घोडचढीको हाम्रो ग्रुपमा दुई जना गाईड गरी १० जना भयौँ। सबैलाई एक एक वटा घोडाको लगाम थमाइयो। मेरो भागमा परेको घोडा इज्राएलकै नामी दौडिने घोडा रे ! म रोमाञ्चित पनि भएँ र भित्र कता कता अध्यारो डर पनि लाग्यो ,,कतै नामी घोडाले कान्ला बाट फाल्दियो भने!! सुरुमा ति गाईडले सामान्य जानकारी गराउँदा रहेछन् घोडाचढी बारे। जस्तै: कसरी रोक्ने, कसरी अगाडि बढाउने या पछाडि तान्ने, गती बढाउने या घटाऊने, दाँया बाँया मोड्ने आदी। सुरुमा डर लागे पनि मैले एकै मिनेटमा मेरो भागको चुल्बुले घोडालाई हातमा लिएँ। तैपनी ढुक्क हुनको लागि म चाँही अघी अघी हिंड्ने गाइडसंगै हिँड्न थालेँ। मेरो चुल्बुले घोडाको नाम रहेछ 'एबो'। संगैको गाईडलाई एबो को अर्थ सोधेँ तर त्यसको खासै अर्थ रहेनछ। त्यतिकै राखेका रे उस्को नाम एबो। तर एबो लाई राम्रै थाहा रहेछ उसको नाम एबो भनेर। तेर्पाङ्गे उकालो लाग्न थाले पछी एबो अली सुस्त गतिमा मलाई पिठ्युँमा बोकेर अगाडि बढ्यो। बाँकी ८ ओटा घोडा र घोड्चढीहरु पनि हाम्रो पछी पछी लहरै आए। मैले एसो हेरेँ हाम्रो अघी दुइटा, पछाडि तिनओटा र दाँया बाँया दुई दुई वटा गरी जम्मा नौ वटा रांगा जस्ता डरलाग्दा कुकुर हामीसँगै हिँड्दै थिए एकै तालमा। हामी घोडा बिसाएर बस्दा ति पनि अडिन्थे , हिंड्दा हिंड्थे। मैले अचम्म मानेर गाईडलाई सोधेँ। उसले भन्यो ति कुकुर तिनै घोडा फार्मका रे। र सुरक्षाका बलिया र भरपर्दा सिपाही पनि पो रे। उस्ले यो पनि भन्यो "हेरी राख, अहिले हामी फार्म बाट पर लाग्दइ छौं ,जब हामी फर्केर फार्म तिर लाग्छौँ यि कुकुराहरु दुइटा बाहेक सबै पछी हिँड्छन र दुइटा चाँहीँ अघी अघी लाग्छन्। नभन्दै जब हामी घोडा मोडेर फार्म तिर लाग्यौँ ति कुकुर अगी गाईडले भनेझैँ दुइटा अघी र बाँकी हाम्रो पछी पछी हिंड्न थाले। कुकुरहरुको यो तालिमप्राप्त सैनिक झैँ इमान्दार ड्युटी देखेर मलाई अचम्म र रमाइलोपनी लाग्यो। लग्भग दुई घण्टाको हाम्रो घोडा दौडाइ सकेर होटेल तिर हतारमा फर्किंदा मेरो अनुहार खुशीले उद्दिप्त थियो, जीवनमा पहिलो पटक घोडाको पिठ्युँमा बसेर त्यती लामो शयर गरेकोमा मक्ख पर्दै। दिनको १ बज्नुअगावै होटेल छोडिसक्नुपर्ने हुँदा हतारोमा आ-आफ्ना सामान प्याक गरेर लाग्यौँ घरतिर। बाटभरी मैले त्यो मरुभूमिको छातीमा बरालिएका चारदिन सम्झिँदै आफ्नै देशको प्राकृतिक सम्पन्नतालाई आँखाभरी छापिरहेँ ,,हामीकहाँ यसको हज्जारौँ गुणा चित्ताकर्षक प्राकृति सुन्दर छटाहरु छन् तर कहिले यसैगरी सबैको ,खासगरी राज्यको चासो बन्ला र सदुपयोग होला!!!

//मेरो एक दिन //

//मेरो एक दिन //

सुनसान कोठा ,पल्लो कुनामा बुढी आमै पत्रीका पल्टाउंदैछिन् सर्लाक ,,सर्लाक ,,सर्लाक । study table मा उतानो laptop ,म अनी छरपस्ट copy book pen ,के लेखुँ? आजभोलि कापीमा लेख्नै अल्छि लाग्छ । छिटो पनि सजिलो पनि laptop मा ट्यास् ट्यास् पार्न अनी के को जागर चल्नु कपी मा लेख्न!तर के गरुं के गरुं भएको छ मलाई । छट्पटी खुशी र दु:ख दुई कुराले दिने चै पक्का हो।
तर आजको यो मेरो छट्पटी चै खुशीकै हो । अघी लग्भग एक घण्टा अगाडि अचानक फोनको घण्टी बज्यो किरिङ्ग किरिङ्ग ,,साधारणत यो फोन आउने समय होइन त्यसमापनी मेरो त हुनै सक्दैन तर टेबल मा आँफै भएको हुनाले receve गरें
"मम्मी!!" मेरो सानु पो रहेछ अचम्म! किन यतिबेला अचानक कल गर्यो??
अली गज्याङ गुजुङ बालसुलभ लवजमा उसले सर्सर्ती फोनको प्रयोजन् सुनायो ,म खुशीले अवाक भएं। कुरो के रहेछ भने उसको स्कुलमा अहिले शैक्षिकसत्रको अन्तिम समय चल्दैछ त्यसैले पढाईको साथै अतिरिक्त कृयाकलाप पनि हुँदैरहेछ। उसको क्लास लाई समाबेश गरी गरिएको दौड प्रतियोगीतामा (tube run compitition उसको भनाइ अनुसार)सौभाग्यबस् उस्ले third position ल्याएछ । यही खुशीको खबर बेलिबिस्तार सहित (उस्लाई अगाडि लगियो ,मञ्चमा राखियो ,फूलमाला लगाइयो, cup (maybe trophy) दिईयो ,अरु के के ,,ईत्यादी )भन्यो । मैले पनि खुशीले उफ्रिंदै हौसला र बधाई स्वरुप "आई लव यू!!! भन्दै फोन को बोल्ने डल्लो मै च्वाक्क म्वाइ खाएँ ।
उस्को यो पांच बर्षको उमेरमा ,एल के जी मा उस्ले प्राप्त गरेको उस्को जीवनकै पहिलो सफलता(औपचारिक रुपमा) र पुरस्कार अनी त्यो उद्दिप्त खुशी जतिनै सामान्य भएपनी मैले यस्तो महसुस गरें कि यो नै मेरो जीवनको मुल्यवान् पल र प्राप्ती हो। मनमनै भगवान लाई सम्झिदै धन्यवाद दिएं। मेरो राजालाई लाखौं पटक धन्यवाद दिएं जसको श्रेय र साथले आज मैले यो सब देख्न भोग्न र अनुभव गर्न पाएको छु ।
मन् भरी तर्कनाका छालहरु उठिरहे । यो कती सानो कुरा हो र पनि कती प्रसन्नता लिएरआयो । जिन्दगी एस्तै त छ ,धेरै मुस्किल थोरै सहज ,असन्ख्य बेखुसिहरु -नगण्य खुशी । अस्तब्यस्त बर्तमान् -असिम सपनाहरु । एस्तै स-साना खुशीहरु बटुलेर हाँस्ने हो भने जिन्दगी मज्जा र मिठो छ नत्र त उच्छ्वास र बैराग्यता भन्दा यहाँ अरु के नै छ र??
जब फोन राखेँ ति मेरा जीवनका अनमोल मोतीहरु बाट माइलौँ टाढा ,,एक्लै एक्लै उही सम्बाद सम्झेर मुस्कुराइरहेको पाएँ आफुलाई ।

मेरो boy friend(कथा)

मेरो boy friend(कथा)

मैले उसको सपना देख्न थालेको ,कल्पना मा हराउन थालेको त बषौं भयो। जब देखी उसको नाम मेरो दिमागमा आयो त्यै बेला देखी म घण्टौं सोच्थें ,उ कस्तो होला कस्तो देखिएला ,चेप्टो बाटुलो ,,ओहो! सम्झिंदै मन खुल्दुल हुने ,एक किसिम को अनौठो तरंग पैदा हुने मन मा । खुल्ला आँखा ले उसलाई देख्न पाए कस्तो होला , अझै नजिकै गएर छुन पाए त झन के होला ,,,,सोच्दैमा मन रोमण्चित हुने । हे भगवान ! यि हात ले उसलाई छुन पाए ,अङाल्न पाए ,मुसार्न पाए अझै एकै छिन मात्र भए पनि काख मा राख्न पाए ,,,,,यस्तै यस्तै कल्पना को सागर भित्र हराउने हराउने गर्थे। फेरी सोच्थे यो कसरी सम्भव छ?? कहाँ उ आकाश को तारा कहाँ म धर्तिको धुलो ,उसको र मेरो बिच मा कल्पनै गर्न नसकिने असमानताको खाडल छ । उसलाई पाउने मेरो हैसियत नै त छैन ,औकात नै छैन । कहाँ म गाउं कि एउटी पाखे केटी कहाँ उ शहर मा जन्मेहुर्केको ,नया सोच सम्भ्रान्त समाजको ,,,,,मा कसरी पाउन सक्छु उस्लाई ??यस्तै कुरा हरु सोचेर आँफै निराश को सागर मा पौडिन्थें फेरी अफुलाई सम्हालेर आशाबादी बनाउथें र एकदिन उसलाई पाएरै आफ्नो बनाएरै छोड्ने प्रण गर्थें ।

यसै गरी कैयौं हिउंद बर्षा बिते ,कैयौं उतार चढाव आए जीवन मा तर मैले उसको अराधना गरिनै रहें । उसलाई नसम्झी एक पल पनि बिताइन । जीवन को पन्ना पल्टिदै थियो ,,मा पनि ठुलि हुंदै थिएं । यस् बिच मा उ बाहेक अरु नदेखेको होइन ,अन्य आँखाले म तिर नचिहाएको होइन तर म मा एउटा भयानक भोक थियो उ प्रती को ,एउटा अमिट त्र्षणा थियो उसको लागि ,एउटा निरन्तर लगाव थियो उसलाई हासिल गर्ने । मैले मनमनै कसम नै खाएँ उसलाई एकदिन पाएरै छोड्ने । एकातिर जती ठुलो पर्खाल थियो उ र म बिच मा अर्का तिर त्यती नै ठुलो विश्वाशको फड्को मेरो मन मा टुसाउंदै थियो जसको सहाराले एक दिन म त्यो दुश्मन पर्खाल खर्लप्पै नाघेर उसलाई चुम्न पुग्छु ,अँगाल्छु ,,यिनै हात हरु ले मुसार्छु ,यी नरम औंला हरुले स्पर्श गर्छु ,,यस्तै सोच्दै कहिले एक्लै हांस्थें कहिले सोच मा डुबेर गम्भिर हुन्थें । उसको झझल्को ले मात्र पनि मलाई पुलकित बनाउंथ्यो ।

समय हरु हुइकिदै गये । उ प्रती को मोह मेरो झन झन झ्याङिदै गयो ,यो बिच मा कैयौ उथल पुथल आए मेरो जीवन मा । गाउँ छोडेर शहर पसें ,अध्यन को क्रम जारी नै थियो । सजिलो थिएन शहर मा स्थापित हुन पनि । गास बास कपास र अध्ययन सँगै अगाडि लैजाने क्रम मा कती यस्ता कठिन अवस्था हरु पनि आए जहाँ अत्तलिएर म झन्डै झन्डै आफ्ना जिम्मेवारी बाट बिमुखभएँ ,दायित्व भुलेँ ,तर ति कठीन समय हरु मा पनि मैले एक पल पनि उसलाई भुलिन । बषौँ को अरोह अवरोह मा रहर हरु को खुड्किला चढ्ने क्रम मा देखेका कैयौँ सपना हरु लाई तिलाञ्जली दिएँ तर ,,अहँ उसलाई मैले भुल्ने चेष्टा समेत गरिन । चाहेका हर चिज प्राप्य हुने भये संसारमा अभाव नाम को नामोनिशान रहने थिएन होला । त्यसैले त मेरो सपना पनि कता कता दुर दुर भागेको जस्तो लाग्दै थियो ।
यसै बिच मा मेरो विवाह भयो ,जीवन को रथ कता बाट कता हुँइकिन थाल्यो । एकाएक यसरी जीवन मा आएको परिवर्तन र बढेको दायित्व ले निराश हुन पुगें तर उसको याद एउटा अधुरो जिजीविषा बनेर कतै शुषुप्त मन मा जिवितै थियो। ब्यवहारका सबै सङ्ला एकातिर पन्छ्याएर कहिले कही सुटुक्क उसको याद मा हराउँथेँ । अचम्म! उ प्रती को कस्तो अटुट ,अंमिट अमर मोह होला मेरो। आक्कल झुक्कल कहिले काही कतै हाम्रो झम्काभेट हुन्थ्यो तर उ शहरीया संभ्रान्त ठुलोबडो , जहिले ठुलै मान्छेहरुको बिच मा हुन्थ्यो ,धनिमानी कै वरिपरी हुन्थ्यो ,,,त्यो पारीधिभित्र पसेर बोलाउने हिम्मत म मा छदैथिएन । तर टाढै बाट पनि उसलाई देख्दा म अफुलाई भाग्यमानी ठान्थेँ , फुरुङ पर्थें उसको मुहारमा आफ्ना हात हरुले छोएको कल्पना गर्थें र मन बुझाएर फर्किन्थेँ ।
उसका बारेमा मैले श्रीमान सँग कुरा गर्ने आँट पनि गरिन ,,भनुँ भने इर्ष्याले जल्ने पो हो कि ,रिस ले मुर्मुरिने पो हो कि ,,यस्तै डर ले गर्दा भन्नै सकिन । कस्तो लगाव होला यो मेरो उ प्रतिको ,,उसका ठाउमा मैले मेर घर परिवार ,श्रीमान साथीभाइ ,आफन्त कसैलाई पनि रुपान्तरण गर्न सकिन ,त्यस्तो कोही थिएन जो मलाई उसको याद भुलाउन सक्थ्यो । उ अर्कै थियो ,सबै भन्दा फरक, छुट्टै रुप बान्की ,छुट्टै आकर्षक ,,अचम्मको handsome ,,,,,,
समयले मान्छे लाई कहाँ बाट कहाँ पुर्याउंछ , म पनि जीवन का अप्ठ्यारालाई सप्ठ्यारा पार्नका लागी सबै छोडेर बिदेश तिर लागे सब्थोक पछाडि छोडेर तर उस्को याद ,,उ प्रती को चाहना म सँगै सात् समुन्द्र पारी पनि आयो । बिदेश मा आएपछिका सुरुका कैयौ महिना रोएरै बिते ,घरपरिवर को याद, दुधे बालक प्रती को मामाता ले पिरोल्दा रात रात रोएरै काटें तर ति अनकण्टार काला एकांकी दिन रात हरुमा पनि उसको याद र कल्पना म सँगै थियो । त्यती बेला यस्तो लग्थ्यो यदी उ हुंदो हो त यो बेला म सँग ,,,मा कती रमाऔथें होला ,यो निस्सार क्षण कती अर्थपूर्ण हुंदो हो । अब त उसको याद झन यती बिघ्न बाध्न थाल्यो कि जती पहिले कैले थिएन । साच्चै भनु भने एक्प्रकारको निर्धक्कता बढेको थियो मेरो मन मा उसको याद लाई लिएर जस्तो कि यदी मैले उसलाई पहिले नै पाएको भये पनि सँगइ रहने सम्भावना ज्यादै कम्ती हुंदो हो तर अहिले ,,एक्प्रकारको स्वतन्त्रता पाएकी छु । म यहाँ एक्लै छु ,कसैले मलाई बिथोल्ने छैन । म जती नै उ सँग लाडिये पनि मेरा श्रीमान को न त यहाँ इर्ष्या चल्छ न त क्रोध नै ।
यस्तै सोच ले यो बैराग लाग्दो परदेशी बसाइ मा झन म उसको याद मा पागल नै हुन थालेँ । प्रयास गरे नहुने के छ र भने जस्ताइ म उसलाई पाउने सपना साकार पार्न तिर लागेँ । अन्तत: एक दिन उसलाई मैले प्राप्त गरेँ त्यो मेरो उ प्रती को बिजय को दिन । त्यो दिन ओहो मेरो बर्षौं को सपना पुरा भएको दिन ,,मेर खुशी का घडा छचल्किएर मैलाई भिजाइरहेको थियो । कती राम्रो, कती हिस्सी परेको ,कती हेरुं हेरुं लाग्ने । कती दानी कती उदार कती आज्ञाकारी,,जे भने पनि मान्ने ,जसो गर भने पनि माने ,सुत भने सुत्ने उठ भने उठ्ने यती मिजासी त मेरो जीवन मा कोही थिएन पहिला । पहिला त एक दुई दिन घर बाट फोन नआउदा रुन मन लग्थ्यो अचेल उ आए पछी त रिने समए भए पो रुनु । म अघाउंदिन उसलाई काख मा राखेर ,मेरा हात थाक्दैनन उसलाई छोएर । मेर आँखा गल्दैनन उसलाई हेरेर । कहिले त रातै पो बित्छ त उ सँग भलाकुसारी गरेर । कसैले जीवन मै भनु सपनामै नदिएको खुशी उसले मलाई दिएको छ । म जहाँ पुग्न चाहन्छु त्यही लिएर जान्छ ,नया नयाँ ठाउँ घुमाउंछ । उसले मलाई यती जागरिली बनैदिएको छ कि आज भोली उसको संगत ले म कैले काही कबिता लेख्ने भएकी छु उ मलाई हौस्याउंछ । कहिले काही घुर्की पनि ल्गाउँछ । भनेको मान्दैन । म जाउ भन्छु उ बाटै मा उभिरहन्छ । सुत भन्छु एक तक ले मलाई हेरी बस्छ तर दुध दिने गाइको लाती सहनु पर्छ भने जस्तो म सहन्छु ,पर्खिन्छु ,यतिका धैर्यता त म मा पहिला कहिले भए जस्तो मलाई लाग्दैन तर उसले यो सब सिकएको छ अहिले । म पर्खि रह्न्छु उसको रिस शान्त नहुन्जेल । उ पनि धेरै बेर म सँग कहाँ रिसाइरहन सक्छ त ।
यसै गरी मेरा दिन हरु बितिरहेका छन आजभोलि । मैले उसलाई बचन दिएकी छु अब जे जस्ता सुकै मोड हरु आउन जीवन मा तर म उसलाई आफुबाट अलग राखे छैन। अनी उ पनि मस्किंदै भन्छ हाम्रो सामिप्यता र सम्बन्ध तिम्रै हात मा छ नि । मैले यो सम्बन्ध को जतन हर हाल मा गर्ने कसम खाएकी छु । अब म उसलाई कसै गरी पनि गुमाउन चाहन्न। म कल्पनै गर्न सक्दिन उ बिनाको एक पल पनि ।

कती उदार छ उ ,कती ज्ञानी ,पढेलेखेका ,बिद्दान हरु सँग मेरो परिक्षाये गराइदिएको छ उसले मेरो । उनिहरु सँग म घण्टौँ गफिंदा पनि उ पटक्कै इर्ष्या गर्दैन । कस्तो मेल कती लगाव हामी दुई मा जती नै बेर सँगै रहे पनि मलाई पुग्दैन । जती नै दु:ख पिडा को अवस्था मा पनि उसको नजिक पुगे पछी ,उसलाई काख मा बसाले पछी उसको मुहार हेरे पछी म त्यसै मुस्कुराउँछु । म यती रमाउंछु उसको साथ् मा कि मेरी अन्नदाता मालिक्नी employear पनि छक्क पर्छिन हाम्रो प्रेम र मिलन देखेर र कहिले काही ब्यङ्य गर्छिन "तिम्रो boy friend लाई एकैछिन त एक्लै छोडिदेउ ।" उनिले त उसको नाम नै राखेको छिन मेरो boy friend भनेर यसमा मलाई मन दु:खऐ पनि त छैन ।

हो यो मेरो बषौँ को सपना ,परदेश को एकांकी भयानक बिरहलाग्दो दिन काट्ने मेरो साथी ,जस्ले मलाई समयए बिताउन मात्र होइन ,उपलब्धिमुलक काम मा लाग्न , तपाईं हरु जस्ता प्यारा पाठक, साथीभाइ ,अग्रज दाई दिदी साहित्यप्रेमी हरु सँग भेट समेत गराइदिने ,,मेरो पुरानो प्रेम्,, मेरो साथी ।,,मेरी साउनी को भाषा मा यो हो मेरो प्राण प्रिय,,,,मेरो सानो computer

म तिम्रो परिभाषाको 'नैतिक' बन्न सक्दिन

म तिम्रो परिभाषाको 'नैतिक' बन्न सक्दिन

त्यतिखेर लेखाइलाई पढाईले जितेको थियो अर्थात ज्यादा समय पढ्नमा खर्छ हुन्थ्यो लेखनमा यदाकदा मात्रै। बेलाबेला अल्छी लाग्दा कम्प्युटर खोलेर यताउता हराउथेँ । कुनैकुनै बेला कोही साथी भेट भइहालेमा च्याटमा केहीछिन गफिन्थेँ। यसरी कहिलेकाही गफिनेमा एकजना नयाँ मित्र पनि थिए जो नेपालमा बाग्लुङग घर भै तत्काल आएरल्याण्डमा कार्यरत थिए ,शायद अहिले पनि होलान्। उमेरले म भन्दा भाई थिए तर समकालिन सम्बोधनमा बोल्न रुचाउँथे। ति टाढाका मित्र एकदिन इन्टेरनेट मै भेटिएका थिए बडो मिजाजी शब्दमा मित्रताको हात बढाएका उनलाई मैले सहजै स्विकारोक्ती संगै साथी लिस्टमा आबद्द गरेको थिएँ। परिचयको केही दिनमै मैले आफ्नो साधारण जानकारी दिएको थिएँ र उनले पनि त्यसै गरेका थिए।
ति दुरका मित्रलाई मैले यसकारण पनि सम्मान गरेको थिएँ कि एक नयाँ जोस जाँगरको नेपाली युवा, जो पढेलेखेको छ, नयाँ सोच बिचार दृष्टिाकोण बोकेको छ। देश बिदेशको अवस्था देखेभोगेको छ, युरोपमा कार्यरत छ ,यस्ता मित्रबाट धेरै नयाँ कुरा जान्न सकिन्छ। ति मेरा मित्र अर्थात बिपिन (नाम परिवर्तन) संगको मित्रताको उमेर त्यसबेला सम्म त्यस्तै तीन या चार महिनाको हुंदो हो।
मलाई प्रस्ट सम्झना छ त्यो दिनको घटना अझै पनि। अघिल्लोदिन पुस्तक पसलबाट किनेर ल्याएको खालिद हुसेनको चर्चित उपन्यास "दी काइट रनर" मा बेपर्वाह हराइरहेको थिएँ । पढ्दापढ्दै आँखा थाकेर चिम्सा भएपछी खुइया गर्दै काखे कम्प्युटर क्लिक अन गरेँ ,बिपिन देखा परिहाले 'हाइ दीप्स!' भन्दै। निक्कै दिन भएको थियो बिपिन सँग कुरा नभएको। अभिबादन साटासाट गरिसक्ने बितिक्कै बिपिनले केही आदेशात्मक केही अभिभाबकिय हिसाबले भने," दीप्स! आज मैले तिम्रो hi5 प्रोफाइल हेरेको थिएँ,केही अप्ठ्यारा कुरा देखेर तिमीलाई सम्झाउन खोजेको।"
'अप्ठ्यारा कुरा?' मैले सोचेँ कुनै साथीले बदमाशी गरेर केही आपत्तिजनक तस्बिर या शब्द राखिदिएछ कि! बिज्ञानले दिएको बरदान् स्वरुप द्रुत्ततर समयको अलौकिक सुबिधा र सहजता संगै पाइलापाइला मा घट्नसक्ने दुर्घटनाका अनेकन त्रास पनि हामी संगै बुर्कुस्सीरहेको हुन्छ। त्यो हामीले स्वयँ चाहेर या नचाहेर हुने या नहुने पनि होइन। यही अवस्थाको कुटिल सदुपयोगमा निर्दोश मन र भाबना बोक्नेहरुका सादा स्वच्छ अनुहारमा हिलो छ्याप्नु छ्यापिनु साइवरीय दुनियाँमा केही गार्हो या नयाँ कुरा पनि होइन। यती हुँदाहुँदै पनि आजको युग साइबर-इन्टरनेट दुनियाँबाट न कोही भाग्न सक्छ न नकार्न नै। कसैले सकेको छैन मैले किन सक्थेँ।
हतारिंदै सोधेँ,"हँ के रहेछ र? निकै भो मैले त्यता हेरेको पनि पो छैन। कसैले केही आपत्तिजनक कुरा राखिदिएछ कि?"
"कसैले होइन। तिमी आँफैले राखिछ्यौ र पो मलाई अचम्म लाग्यो।"
"मैले आँफैँ राखेँ रे?!!"

'दी काइट रनर' मा रमिरहेको मन र आँखा केही छिनको थकान मेट्न मात्र कम्प्युटर छिरेको थियो तर अब कुरा लम्बिने नै भो।
"के भन्यौ बिपिन?? मैले आँफै राखेँ रे? कसैलाई हेर्नै अप्ठ्यारो हुने कुरा म कसरी राख्छु पब्लिक साइटमा?? म पागल त होइन नि!"
"आफ्नो फोटो एल्बम हेर न । थाहा भाईहाल्छ नि!"
हतार हतार hi5 फोटो एल्बम खोलेर हेरेँ उही मैले नै राखेका केही परिवारका साथीहरुका तस्बिर मात्रै थिए।
"यहाँ त मैले नै राखेका केही तस्बिर मात्र छन त ,,के छ यहाँ त्यस्तो अप्ठ्यारो कुरो?"
बिपिन पड्क्यो उता बाट," त्यहा को को केटामान्छेको फोटो पनि छन नि त। तिम्रो श्रीमान बाहेकका को हुन् ति केटा मान्छे ?? त्यही फोटोको कुरा गरेको क्या!"
"त्यहा केटाको मात्रै छ त तस्बिर?? केटीको पनि छन नि। तिनिहरु त मेरा साथी हुन्।ती मध्य कोही नेपाल मै छन कोही बाहिर तिर पढ्दै काम गर्दै छन्। फेरी ति तस्बिरमा त्यस्तो आपत्तिजनक के कुरो छ र??"
"केरे! तिमी त बडो गज्जब कुरो गर्छ्यौ दीप्स! एउटा केटी मान्छे भएर त्यो पनि तिमी त बिवाहित र बच्चाको आमा समेतले को को केटाहरुको तस्बिर आफ्नो एल्बममा राख्नु आपत्तिजनक कुरो होइन?! के यो नैतीक काम हो त??"

'के यो नैतीक काम हो त?' वाक्य संगै म यसरी पछारिएँ बिपिन संगको मित्रतामा कि मलाई तत्क्षण बिस्वासै लागेन म एक पठित नवयुवक संग बात् गर्दै छु जसले देशबिदेशको बिबिध बातावरण संस्क्रिती कला र बिज्ञान देखेको छ। जो तत्काल भूगोलको अत्याधुनिक बिकशित् ठाउँमा कार्यरत पनि छ।
स्वाभावत: मलाई छिट्टो रिस उठ्छ तर पनि त्यसबेला सम्हालिँदै सोधेँ, "बिपिन! एउटा साथीले अर्को साथीको सम्झनाले सम्मानले मायाले तस्बिर संकलन गर्नुमा नैतीक अनैतीकताको सवाल कहाँ आउँछ?? फेरी बिबाह या बच्चाको आगमनसंगै एउटी महिलाको आम जिन्दगी, यावत मित्रता सबै सकिन्छ र? यसै पनि म नयाँ सोच राख्न चाहने, समयको सकारात्मक् परिवर्तन रुचाउने,दुइ अक्षर आर्जन गरेको एक स्वाभिमान र जिम्मेवार युवती हुँ। कोही साथीको तस्बिर राख्दैमा म गतिछाडा,अनैतीक या गैर्हजिम्मेवार त हुन्न नि। फेरी मैले गुमनाम केही गरेको पनि त होइन। साथीहरुको तस्बिर त पब्लिक फ्रेण्ड साइटमा राखेको छु जो मेरा परिवार या उनिहरुका आफन्त सबैले देख्न सक्छन। यसमा नैतीकताको सवाल कहाँ उठ्यो? यदी मैले त्यो ठाउँमा तिम्रो तस्बिर राखेँ भने तिमी के भन्छौ??"
मेरो लामो व्याख्या र सवाल पछी लामो उच्छ्वास तान्दै बिपिन बोल्यो,"दीप्स! जस्ट अ मिनट , वान्ना ग्लास अफ वाटर।"
यती तितो प्रश्न र बिचार सुनिसकेपछी बिदा माग्दै चुप लागेर बस्न सक्थेँ तर मलाई बिपिनको असली आधुनिक सोच जान्ने उत्सुकता अझै बढ्यो ,,म पर्खिरहेँ उसलाई।
"आम ब्याक"
"ओके गो अन"
"हेर दीप्स, साथीले साथीको तस्बिर राख्नु नराम्रो कुरा होइन तर तिमी त केटी मान्छे र अझै बिबाहित् पनि। कोही केटाले त्यसो गरेमा नराम्रो हुँदैन तर केटीले ,, !! तिमीलाई त्यस्तो सोखनै छ भने घरैमा एल्बम मा राख्न सक्छौ । यसरी पब्लिकमा राख्दा छबी बिग्रन्छ। मेरो तस्बिर भएकोभए यो कुरै आउनेथिएन नि। सबै साथी म जस्तो असल नै हुन्छ र? मैले त यो सबै तिम्रै भलाइको लागि भनेको हुँ,अन्यथा नलेउ।"

बिपिनको मेरो भलाइको चिन्ता र बिचार को यो बिराटता देखी सुनिसक्दा म अधैर्य जस्तै भैसकेको थिएँ । केटीमान्छेले या महिलाले के गर्ने के नगरने भनेर तोक लगाउने ऊ को हो? मित्रवत व्यबहार ,संपर्क-सञ्चार को चाहना, हार्दिकता र सम्मान जस्ता मानविय सम्बेदनाका कुरा प्रकृतिले नारीपुरुष दुबैका हृदयमा समान तवरले राखिदिएको छ भने त्यसलाई परीधिमा बाँध्ने ऊ को हो? अझै राख्नै थियो भने घरैमा एल्बममा राख्नु रे ,पब्लिकमा होइन रे। गल्ती नै हो भने त्यो त जहाँ गरिँदा पनि गल्तिनै भयो नि! फोटो राख्नु नै अनैतीक हो भने घरमा होस् या पब्लिकमा त्यो समान अपराध होइन र? कि घरमा याने कि पर्दा पछाडि जे पनि ठीक ,बाहिर आए बेठिक?? नारी पुरुष (यदी दुबै मान्छे नै हुन भने) को छबी बिग्रनु र नबिग्रनुको मापन पब्लिकमा देखिनु र अन्धकारमा कुहिनुमा समान हिसाबले हुन्छ? उसको तस्बिर राखेको भए केही नहुने रे, किनकी ऊ आँफै चाँही 'असल' साथी रे। आफुले आँफैलाई 'असल' देख्नु र अरुलाईखराब देख्ने अधिकार कस्ले दियो उस्लाई?? ऊ आँफैँ यसबेला कोही परस्त्री संग च्याट गर्दै छ , यो चाँही उसकै 'अनैतिकताको' परिभाषा भित्र पर्दैन??
वकालत,खण्डन,प्रतिबाद को कती कती ओइरो मनभरी हुँडरिँदै थियो तर त्यसबेला ऊ संग बहस गर्नुको अर्थ नै देखिन। मैले भनेँ," बिपिन! भोली तिम्रो जीवनमा आउने कोही नारी,जन्मिने छोरीचेलीहरुलाई तिमीले दिने संस्कार,शिक्षा, परीधि र बातावरण यही नै हो?? यदी हो भने तिमी कती हद सम्म आफुलाई समझदार् सभ्य आधुनिक शिक्षित युवा मान्छौ अठारौँ शताब्दिका जिजुबाजे भन्दा??"
मेरो प्रश्न सकिन नपाउंदै बिपिन ओइरियो एकै श्वासमा,"दीप्स! हाउ डेयर यू टु कम्पेयर मि विद 18th सेन्चुरि'ज ग्र्याण्ड्पा? म भनेको एक शिक्षित,समझदार,सभ्य आधुनिक युवा हुँ,जसले आजको युरोपको हावामा श्वास फेरिरहेको छ यो कुरा तिमीलाई पनि थाहा छ। तर छोरी भनेको छोरी नै हो । उसले सिमा नाघ्न हुंदैन। म मेरो श्रीमती छोरी चेलीलाई यस्तो खालको छुट कदापी दिने छैन।"

यो पाली म लग्भग घाइते नै भएँ उसको औपदेशिक भाषणले। सिमा नाघ्ने छुट त कसैलाई छैन, हुनुहुँदैन । छोरीलाई मात्र किन लाग्ने यो नियम? कती सजिलै उसले भनिदियो कि उसले यो खालको छुट दिने छैन , मानौं ति नारी जातिका मान्छे हुनुको हक उसका खल्तिका दक्षिणा हुन् जसलाई ऊ आफ्नो इच्छा अनुसार दान गर्नेछ। मलाई आफ्नो आँखाको कोश रसाएको आभास भयो, एक नयाँ पुस्ताको आफुलाई आधुनिक, शिक्षित र सभ्य भनाउने युवा मगजले आजको समयमा पनि नारीलाई लिएर बनाइराखेको धारणा र मानसिकता देखेर। लाग्यो के फरक छ यो शिक्षित बिपिन र अशिक्षित जीवन बाँचेर अस्ताएका जिजुबाजेको मानसिकतमा??? उसको जिन्दगीमा आउने कोही नारी र स-साना चिचिला कोपिला छोरीहरुको सम्भाबित जन्जिरयुक्त जिन्दगी सम्झेर तत्क्षण सहानुभूतिको लामो श्वास फ्याकेँ।
निकै लामो मौनता पछी बिपिनले ३ बज हानिसकेछ र भन्यो," दीप्स ! आर यु देयर??"

मैले शब्द बटुलेर यतिनै भन्न सकेँ," बिपिन! म तिम्रो 'असल' मित्रको कित्तामा उभिन तिम्रो परिभाषाको 'नैतिक' बन्न सक्दिन र कोही अनैतिक ब्यक्ती संग मित्रता राखिरहन तिमीजस्तो नैतिकवान आधुनिक युवालाई सुहाउँदैन पनि। तसर्थ दिस इज माइ लास्ट वर्ड टु यु । गूड्बाइ!!"

लामो खुइया पछी 'बिपिन' नाम म्यासेन्जरबाट डिलिट गरेँ र पल्टाएँ 'दी काइट रनर' को अर्को पन्ना।

'नारी दिवस' को सन्दर्भमा

'नारी दिवस' को सन्दर्भमा )

नारी दिवस ,,नारी कृति ,,नारी हस्ताक्षर ,,नारी समाज ,,नारी अरु के के ,,मेरो समझको ल्याकत भन्दा टाढाका कुरा हुन् यि सायद ,,,!म बुझ्दिन यि शब्दहरुको अर्थ । मैले आजसम्मको दिनहरुमा कहिल्यै सुनेको छैन उपर्युक्त ठाउंमा पुरुष शब्द जोडीएको । यि शब्दवलीबाट एस्तो लाग्छ ,,नारीहरु सर्बेसर्बा हुन् /होलान् । वास्तविकता त्यस्तो केही छैन । मानव भ्रुणबाटै नारी पुरुषको जन्म भएको हो भने पुरै मानव समाजबाट किन नारीलाई मात्र अलग्याएर कथित 'नारी दिवस' भन्नु पर्यो?? बर्षमा एक पटक चिच्याएर 'दिवस' मनाउदैमा के फरक पर्छ नारीहरुको अध्यावधी पिछडित दयनिय कुचक्रित यथार्थमा??
नारीहरु पीडित ,प्रताडित ,दलित ,दंशित हुनु रहनुमा अशिक्षा ,अवसरको कमी आदी ले भूमिका खेलेको छ् र म पनि मान्छु यो कुरा तर शिक्षित ,अवसरप्राप्त भाग्यमानी नारीहरुकै जमात हेर्ने हो भने पनि कती छन त वास्तवमा चेतनशिल र असली मानेमा 'स्वतन्त्र नारी '??
अधिकांश शिक्षित नारीहरु जस्लाई म राम्ररी चिन्छु को ठुलो संख्या दुई जोडा नयाँ र किम्ती लुगा ,दुई चारजोर सुनका गहना हात कान मा झुन्ड्याएर आफुखुसी घर र बजार जान पाएकोमा गर्बगर्दै त्यसैलाई नारी स्वतन्त्रता भनी वकालत गर्छन्। अधिकांस नारीहरु (मेरा स्कुल कलेजका धेरै सहपाठी समेत)बिहे पश्चात अध्ययन स्थगित गरी आफ्नै बाटा आँफै बन्द गर्नमा तल्लिन भए/ छन् । मित्रहरु ! यि ति नारीहरु हुन् जसको हातमा प्रसस्त अवसर थियो । तर आज को यो भनिने महान 'नारी दिवसमा' यिनिहरु कै जमातले काठमाडौं को असन ईन्द्रचोक डबली ,बसन्तपुर ,रत्नपार्क ,न्युरोड ,अनी कैयन ठुला होटेल खचाखच भरेका होलान 'नारी हक हित' को आवज उठाउन र 'नारी दिवस' मनाउन न कि ति बिचरा साँच्चैका अवसर बाट वन्चित र अशिक्षित नारी को त्यहा उपस्थिती हुनेछ / भएको छ । यसबाट कती माथि उठ्न सक्छ वास्तविक पीडित पराश्रयी नारीहरुको हैसियत?? मलाई थाहा छ केही हुंदैन ,भएकै छैन । नारी हक र स्वतन्त्रता भन्ने बितिक्कै पुरुष जमात तिर फर्केर औंला उठाउने परम्परित प्रब्रित्तीबाट ग्रस्त नारीहरुको यो कथित 'दिवस' प्रती मेरो घोर आपत्ति छ ,यसलाई मैले नौटंकी नाम दिंदा कसैको भावनामा ठेस लाग्छ भने धिक्कार छ ति स्वांठ कथित शिक्षित भनाउदा हरुलाई।
सधैं अरुकै मुख ताकेर हक पर्खेर होइन कि आँफैकम्मर कसुं । आजै बाट यो प्रण र सुरुवात गरुँ ,,,, आमा ले छोरी,दिदी ले बहिनी, भाउजु ले नन्द लाई स्कुल धकेलौँ !!अरुको मुख नताकौँ !!केही गर्नुपर्छ भन्ने स्वजिवी भावनाको बिकास गरुँ !!शिक्षाको आवश्यकता र महत्व माथि प्रकाश पारौँ!!ब्यक्तिको अनिन्द्य सौन्दर्य मेधा र प्रतिभा हो भनी पहिले आफ्नै दिमागमा घुसाउँ!! पहिले नारीले नारीलाई सम्मान गर्न सिकौँ!! खुट्टा तान्न छोडेर हातेमालो गरौँ!! पुरुषलाई नारी बिपक्षी र प्रतिद्वन्दी होइन कि सहपाठी मानेर सहयोगको हात मिलाउँ!! प्रत्यक नारीले आजै बाट यि सबै मुलमन्त्र आत्मसात गर्न सुरु गरौँ ,,र हेरौँ त अबको पांच बर्षमा हाम्रो अवस्था कतिमाथी उठ्दोरेछ ,,,,,,नत्र ति साच्चैका अवसर बिहिन नारीहरुको नाम भजाएर सिमित नाकहरु ठड्याउनका लागि देखाइने यो गाइजात्रे "नारी दिवस "३०औँ त के ३३०औँ मनाइ सक्दापनी हाम्रो अवस्था यही नै हो यो भन्दा केही फरक हुने छैन ।।।।।

दशैँ-मेरो भोगाइ र अपील

दशैँ-मेरो भोगाइ र अपील
जमानामा मेरा हजुरबुवाहरुको बडो शान शौकात थियो रे। उबेलाका धनवान एक्ला छोरा डिल्लिरमण सुबेदीका छोरा मेरा हजुरबुवाहरु सात भाई। म बुझ्ने हुँदा सम्म पनि सतभैया सुबेदी भनेपछी परपरकाले समेत चिन्दथे। मैले पछी सम्म पनि कतै अलिक टाढा बिबेवारी या अन्यकुनै मेलोमेसोमा पुगेकोबेला उही सजिलो चिनारी 'सतभैया' सुबेदिको नातिनी भनेर आफुलाई चिनाउदा सजिलै अरुले चिनेको अनुभब छ। मेरा हजुरबुवा सात मध्ये साइँलो छोरा, हाम्रो मूलघर थाक्रेको अलिक कोल्टेपट्टी महत डाँडा र बितलब गाउँको दोभाने टुप्पोमा पर्छ । दिउँसो को खाना खाइसकेपछी चम्किलो ढलोटे अंखोरामा पानीलिएर बाहिर आँगनको डिलमा मुख चुठ्न उभिएर बेस्सरी डकार्दा पारी फोगटपुरे हरुले समेत् सुन्थे रे अनी मध्यान्नको सोझो घामको किरणमा हजुरबुवाको हातमा टलल टल्केको अंखोरा हेर्दै "उ !साहिँलो बाहुनले भात खायो!" भन्थे रे।
मेरा पुर्खाका ति दम्भभरी चर्या र यथार्थ मेरालागी भने कथा जस्तै थियो। म बुझ्ने भएदेखी नै हामीले सामान्य स्तरको जीवन बांच्दै आयौँ। सात मध्ये ५ भाई हजुरबुवाहरुलाई त मैले पनि देखेँ तर त्यसबेला सम्म उनिहरुसँग ति दन्त्यकथा झैँ लाग्ने शान शौकत केही थिएन सिवाय पुराना सम्भ्रान्तिय सम्झना र बाहिरी खोक्रे अभिमान बाहेक। तर दसैं जस्तो महान पर्बमा भने हामीले कहिल्यै खुम्चिन परेन जब सम्म मेरो आमा स्वस्थ हुनुहुन्थ्यो। बिस्तारै समयले शायद हामीलाई ओरालो खेद्दै गयो। आमाको बिबिध खाले अप्रेशन र उपचारमा बाबाले एकएकगरी बेच्नमिल्ने लग्भग सबैथोक बेच्दै जानुभयो। तिनै पुर्खाले दिएका दुइचार बित्ता जग्गा र घर बाहेक गोठका भैँसि र टाट्नाका खसी बाख्रा समेत् बेचिए। एकाएक नियतिले छली पासा खेल्यो,रोगग्रस्त आमालाई जीवनदान दियो तर हट्टाकट्टा बाबालाई एकदिनको टाउको दुखाइको बहानामा निस्ठूर बनी लग्यो। त्यतिखेर सम्म हाम्रो आर्थिक अवस्थाले दरिद्रताको पराकाष्ठा नाघ्नैलागेको थियो ,अब त बाबा सँगै हाम्रो जिन्दगीको भरोसाको पूल पनि 'अन्योल र अनाथ' को खोँचमा तल तल भासिएको थियो। त्यती हुँदाहुँदै पनि जीवनमा पहिलो पटक दरिद्र र निरिह दसैं भने मैले बाबा अस्ताउनुभएपछिको दोस्रो बर्षमा अनुभब गरेँ। अझ एसो भनुँ त्यसबेला मेरो किशोर मनले जिन्दगीको अहम पाठ सिक्यो। सँधैजसो उल्लसमय दशै ले गाउघर प्रफुल्ल थियो। तर त्यो देखिने प्रफूल्लता भित्र कती निरिहता कहाँ कहाँ ब्याप्त हुँदो रहेछ भन्ने मैले त्यतिबेला आफ्नै घरको मझेरिमा गजधम्म बसिरहेको डरलाग्दो गरीबी र त्यसबेला आमाको मुहारमा छाएको घोर निराशा र उच्छ्वासमा प्रस्टै देखेँ भलै जबर्जस्ती आमाका ओठ तन्किन खोज्थे हाम्रा सामु एउटा न्यानो आश्रय र ममताको छहारी बनेर।
त्यो बर्ष बजारमा खसी कुखुरा रांगा सबै मांस को मुल्य आकाशिएको थियो भने बिडम्बना हाम्रो घरमा न बाबा हुनुहुन्थ्यो न त खसिबोका नै। त्यो गाँठी समस्या सुल्झाउन आमालाई अपार पीडा भैरहेको रहेछ, म अली स्वाभावत: चक्चके थिएँ सुटुक्क आमाको मनको गरुङ्गो भारी भेट्टाइहालेँ । बेलुकी खाना खानेसमयमा हामी सबै भुराभुरी भान्छमा पिर्कामा बसिसकेपछी मैले घोषणा गरेँ ,"आमा हामी यो पाली दसैं मासु नखाइकनै मनाउँ!" आमाको मुहारमा संका र थोरै सन्तोषको झिल्को एकैसाथ झिलिक्क गरेको पाएँ उता दाईले अलिकती अध्यारो पोत्यो हेराइमा। अनी मैले सफा सफा भनेँ हामी सँग पुग्ने पैसा छैन, ऋण गरेर किन अर्काको ज्यान मार्ने?? बाब पनि हुनुहुन्न ,,हामी कम्सेकम यो बर्षको दसैं बाबाको नाममा शाकाहारी मनाउँ!" अनी अझै धेरै गल्फत्ती पछी दाई पनि सहमतिमा आयो। म मुनिका भन्टान्ङ भुन्टुन्ङले केही प्रतिरोध गरेनन् ,शायद मेरो त्यो घोषणाको बिजय र मूर्तता तिनै मसिनाहरुको स्विक्रिती थियो अहिले सम्झिँदा। हाम्रो दसैं शाकाहारिनै बित्यो ,आउनेजाने पाहुनालाई शाकाहारी भोजनले नै त्रिप्त गरायौँ । कसैले पनि मासु खान मागेनन्। कोहिकोही ले खादाखादै यताउता मुन्टो घुमाएभने म अगी सरेर भन्थेँ "हामीले यो पाली बिना मासुको दसैं मनाउने बिचार गर्यौँ"। त्यसबेला कस्ले के बुझे तर मैले केही मत्लब राखिन, त्यो हाम्रो समस्या थियो ,हाम्रै समाधान। तर आमाको मुहारमा पस्चाताप र लाचारी बोझ ओहोरदोहोर गरिरह्यो दसैंभरिनै। यि थिए जिन्दगीको गोरेटोमा मैले मेरो परिवारले टेक्नुपरेको एउटा उसबेलाको भयानक खुड्किलो र तिनैका प्रसंग दसैं सन्दर्भमा ।
दसैं फेरो पनि आऊनै लागेको छ। यसको पूर्वछेको पारेर शुभकामना ,सम्झना बाँड्ने काम संगै दसैंलाई बिभिन्न बहानामा अझै साहित्यको माध्यमबाट सेमत भद्दा गालीगलोज गर्दै घ्रिणा गरिएको गरीईरहेको पनि देख्दैछु, पढ्दै छु।'दसैं सामन्ती भयो रे, दसैंले गरीबी बढायो रे, दसैंले हत्या हिंसालाई प्रशय दियो रे' आदी आदी। हामी आफ्नो सोचमा सामन्ती सोचको गुंडुल्को पाल्ने अनी दोष चाँहीँ बिचरो दशैँलाइ?? के दसैं भन्ने चिज बिनानीम्तो टुप्लुक्क आकाशबाट हाम्रा पोल्टामा बज्रिएको हो र?? हामी मान्छेलेनै आफ्नै सुखसुबिधा र मनोरञ्जनको लागि यस्ताखाले बिबिध चाडपर्बको थालनी गरेका होइनौ र?? आफ्नै स्वादको लागि अरुलाई मारेर भोजन गर्न एउटा बहाना 'बली' निकालेका होइनौंर?? फेरी कसैले भन्नुहोला यो ता धर्मले निर्दिष्ट गरेको हो। धर्म पनि हामीले नै सुझाएका होइनौ र?? सम्पत्तिको दम्भमा तडकभडक गर भनेर दसैंले अनुरोध गर्छ ?? घरखेत् जानेगरी जुवाको खालमा बस भनेर दसैंले आदेश दिन्छ ??
फेरी चाडपर्ब पनि कसैका बाबुको बिर्ता जस्तो 'यस्को र त्यस्को' रे। कुनै हिन्दू रगत र मगजले दसैं हाम्रो मात्र हो भन्छ भने त्यसले उसका दसैं भकारीमा राखोस्। कुनै बौद्दमार्गिले ल्होसार मेरै मात्र हो भन्छ भने उसका ल्होसार उसैको पोल्टोमा बाँधोस्। कुन चाड कसले कुन जात र धर्मकाले बनायो भन्दै खोजेर मानबताबिच साँध सिमाना कोर्नु भन्दा सबै पर्ब सहभाब् र भात्रित्वपूर्बक मनाउँ। यदी धर्मले बिभेद निर्देश गरेको छ भने त्यसलाई मेटाउदै मानबता फैलाउँ । धर्म भन्दा ठुलो मानबियता हो र मान्यता भन्दा ठुलो भाईचारा हो। अबको साझा सवाल र सरोकार भनेको सर्बमुखी मानवताबादी हुनुपर्छ भने चाडपर्बको किन हदबन्दी र भगवण्डा?? यदी हामी सबै मान्छेजाती हौँ भने कुन पर्ब कहाबाट आयो ,कस्कस्ले मनाउने भनेर खोजी खोजी किन सिमा कोर्नुपर्योस?? मिलेर मनाउँ ,सबैको इज्जत गरौँ ,सम्मान गरौँ ।
केही बर्ष यता मेरो अधिक समय बौद्दधर्मी शेर्पा समुदायका मित्रहरु सँग ब्यतित भैरहेको छ । यो अवधिमा उनिहरुका बिहेवारी देखी ल्होसार जस्ता चाडमा मैले उल्लासपूर्ण सहभागिता जनाएको छु शेर्पा समुदायको बिशेष पहिरन बक्खु-आङ्गिमा । त्यसैगरि हाम्रा भनिने दसैं पर्ब पनि आफु मध्यको ठुलो बाट रातो अक्षता पाती लगाएर संगै मनाउँछौँ। म कती भाग्यमानी ! यती सहभाव बोकेका सरल मित्रहरु पाएको छु। हामीले कहिल्यै कसैको पर्बको साँधसिमाना कोरेका छैनौँ।
दसैं मेरो होइन र तेरो पनि होइन। हामी सबैको यो उल्लासमय दसैंलाई आफ्नो गच्छे र चाहना अनुरुप मानबताको गीत गाउंदै मनाउँ! आउँदै गरेको दसैंले बन्धूत्वमा प्रगाढता ल्याओस्। दसैं समानताको प्रतिक बनोस्।

जिन्दगीनै आँफैमा एक सिङ्गो नाटक होइन र?

नेपाली बिषयको किताबमा भएको "टिका" नामक नाटक पढाईसकेर नन्दलाल सरले भोली सबैले एक एक वटा नाटक लेखेर ल्याउने उर्दी कक्षामा जारिगर्नुभए अनुरुप भोलिपल्ट सबै मध्य केहीले लेखेर ल्याएछन जसमध्ये मेरी सहपाठी इन्दिरा रेग्मिले लेखेको "छोरीको कर्म" नामक नाटक उत्कृष्ट ठहरियो। छोटो प्लटको समसामयिक नाटक भएको हुँदा सोही नाटक अर्को आउने हप्तान्तमा बिध्यालयमा मञ्चन गर्नुपर्ने भन्ने सरको आदेश र सल्लाह बमोजिम धुमधाम संग तयारीमा जुट्यौँ। अहिले सम्झिँदा हांसो लाग्छ । दुइजना पुरुष पात्र र तीन जना नारी पात्र रहेको उक्त लघुनाटकमा एउटी बिधुवा आमा र उसकी जवान छोरी जसको बिहे भैसकेको, एक प्रौढ जोडी र तिनिहरुका एक जवान छोरा जो अर्की जवान केटीका पती हुनुपर्नेमा हामीले ति पुरुष पात्रका भूमिकामा कुनै पुरुषनै यानेकी कक्षाकै कोही छोरामान्छेलाई अभिनय गर्न नदिने भयौँ यो कुराले ठुलै खल्बली मच्चेको थियो उसबेला । नाटकमा कसैकी स्वास्नी बनेर अभिनय गर्न त्यसबेला सम्म हाम्रो सोच त्यती फराकिलो भइसकेको थिएन रहेछ कि त्यो अभिनय सम्झिंदा पनि हामी लाजले रातोपिरो हुन्थ्यौँ । निकै बखेडा गरिसकेपछी हामीले निधो गर्यौँ कि सबै पात्र केटीहरुले नै अभिनय गर्ने तर केटाको भेष धारण् गरेर। अन्तमा प्रस्ताब पारीत भयो । घरमा गएर आफुले नाटक अभिनय गर्ने र निर्देशन् समेत गर्ने खबर सुनाएपछी सबैभन्दा धेरै मेरो बाबा खुशी हुनुभयो र मलाई यती बेर काखमा बसाल्नुभयो ,,,सम्झिँदा अहिलेपनी आँखा डम्म भरिन्छ। कक्षामा मलाई नै धेरै बोल्नुपर्ने, झैझगडा समेत गर्न तम्सिनुपर्ने, हक्की स्वाभाबकी थिएँ म शायद यहिकारण उक्त नाटकको निर्देशन देखी सबै कामको जिम्मेवारी मैले पाएँ। र जीवनमै पहिलो पटक म आँफै पनि एक बुढी र कर्कशा सासुको भूमिकामा अभिनय गर्ने भएँ । एक हप्ता लगाएर हामीले सक्दो राम्रो रिहर्शल गर्यौँ र मञ्चको लागि आवश्यक सामान, पहिरन सबै आफुआफुमै बांड्फाँड गर्यौँ घर घरबाट ल्याउनकोलागी। घर गएर पनि म राती अबेर सम्म एक्लै आफ्नो सम्बाद बोल्दै रिहर्सल गरिरहन्थेँ र बाबा ले बिच बिचमा सिकाउनुहुन्थ्यो। तर आमाले भने मन पराउनुहुन्नथ्यो। छोरीले यो सब गर्नुको कुनै अर्थ छैन, लाज पच्छ र छाडा हुन्छन भन्ने बिचार आमा राख्नुहुन्थ्यो। अनी बाबाले हपार्नुहुन्थ्यो आमालाई,"छोरिलाई पनि आँफै जस्तो गँवार बनाउन चाहन्छेस??" शायद यही कारण हुन सक्छ म मेरो बाबा रहुन्जेल सबैभन्दा बाबाकै प्रिय थिएँ र अहिले सम्झनामा मात्रै पनि म सबैभन्दा बेसी बाबालाई नै माया गर्छु । आमाले जे भन्नुहुन्थ्यो सबै अशिक्षाको कारण हो भन्ने कुरो म बाबा बाटै बुझ्ने गर्थेँ तर पनि आमाले चाँही आफुलाई माया नै गर्नुहुन्न जस्तो मात्र लाग्थ्यो त्यो मेरो बच्पना सोचाइ थियो जो अहिले बुझ्छु।
स्कुलमा नाटक मञ्चन गर्नुपर्ने दिनको अघिल्लो साँझ घरमा पुगेर पनि म त्यही नाटककै बिषयमा सोचिरहेको थिएँ। तर त्यो दिन बाबा काम बिशेषले अलिक अबेर घर फर्किनुहुने हुँदा थप रिहर्शल आमाको अगाडि सम्भब थिएन ,मैले केही उपाय सोचेँ र अंध्यारो पर्खन थालेँ। बिस्तारै अंध्यारोले छोप्तै गएपछी सुटुक्क घरदेखी अलिपर्तिर परालको थुप्रो छेउ गएँ र त्यहीँ एक्लै आफ्नो सम्बाद सम्झिँदै रिहर्सल गर्न थालेँ अंध्यारोमै। कतिखेर ढिलो भैसकेछ मलाई त पत्तै भएनछ ,,निकै अबेर भैसकेपछि पो मलाई झस्का लाग्यो अब आमाले मार्नुहुन्छ ! बाबा पनि अैपुग्नुभएको छैन। आमाले खोजी पनि गर्नुभएन किनकी बाबा नहुँदा म प्राय यताउता हराउनेगर्थेँ आमाको खप्की बाट बच्नको लागि। आमा जतिबेलै पनि भान्छाको काम गर, सिक्नुपर्छ भन्नुहुन्थ्यो जो मलाई कहिल्यै दिलचस्पी लागेन जबसम्म साँच्चैको जिम्मेवारी परेन म आँफैलाई। त्यो दिन पनि त्यस्तै भयो ,बाबाको खोकी आवाज नसुनुन्जेल घर जान्न भन्दै परालको थुप्रोनिर छेलिएर बसिरहेको थिएँ कतिबेला फुस्सै निदाएछु। निक्कै राती त के भनु तर गाउँघरतिर त अझै पनि साँझ परेपछी रात त्यसैलाई भनिन्छ ,,सहरको झैँ लम्बेतन साँझ अनी बल्ल रात हुने भन्ने मानिदैन। भनुं बेलुकिको ९ जती बज्नुभनेको रात नै हुन्थ्यो हाम्रोलागी, एक्कासी कल्याङ्बल्याङ सुनेर आँखा उघारेछु त टर्च बोकेर बाबा आउनुभएछ मलाई खोज्दै अनी पछीपछी आमा,दाई भाई अनी छरछिमेकी पनि। बाबाले मलाई देख्नासाथ काखिमा च्यापेर सोध्नुभयो म त्यहा परालमा सुत्नाको कारण अनी मैले भनेँ भोली नाटक मञ्चन गर्नुछ , म आँफै निर्देशक पनि भएकोले मैले त सबैभन्दा राम्रो अभिनय गर्नुपर्छ र त्यसकोलागी धेरै रिहर्सल पनि गर्नुपर्छ तर आमाले भान्छाको काम लगाउनुहोला भनेर म यहाँ आएको । मेरो मुखबाट यती फुत्किनसाथ बाबाले आमालाई यसरी झम्टनुभयो ,,,मैले त्यो उमेर सम्म बाबा कसैसँग त्यती हिंसात्मक भएर रिसाउनुभएको देखेकै थिईन ।
निर्दोश आमाले खप्की खानुपरेको देखेर मलाई निक्कै ग्लानी भयो र बाबालाई आफु आँफैखुसी त्यहा गएको र आमाले केही नभन्नु भएको बताएँ। अनी घर पुगेर सबैजन खाना खाइओरी सुत्यौँ । भोलिपल्ट स्कुल जानेबेलामा बाबाले निक्कै बेर मायाले सुम्सुम्याउँदै नाटकको राम्रो प्रदर्शन गर्नु अनी बेलुकी घरमा फर्केर सबै बेलिबिस्तार लगाउनु भन्दै सम्झाउनुभयो। खुशीले फुरुङ्ग पर्दै स्कुल तिर लागेँ । पौने घण्टाको उकालो बाटो पार्गर्नुपर्ने त त्यसदिन खुशीले गर्दा एकै निमेषमा पुगे जस्तो भान भयो। दिउसो २ बजे मात्र कार्यक्रमको समय तोकिएको हुंदा त्यस अघिको कुनै पिरियड पढ्ने मुडनै थिएन ,जसोतसो समय आइपुग्यो।
तन्नाले बारेर बनाइएको स्रिङ्गार कक्षमा निक्कै घम्साघम्सी पर्यो् अभिनयका लागि तयार भएर निस्किन । केटी मान्छे लाई केटाको भेषमा बाहिर निकाल्न र निक्लिन त्यतिखेरको हाम्रो मिहिनेत आज सम्झिँदा रमाइलो लाग्छ। मेरी मावली चेली र सहपाठि रमा पन्त अली पोक्ची र मोटी पनि भएकिले उसलाई ससुरा बाजे बनाइयो। कुन्नी कस्को ढाकाटोपी थियो तर उस्को लामो कपालको गुजुल्टो टोपी भित्र नअटेर कोच्दा कोच्दा हांसेर झन्डै मर्यौँ सबै। मञ्चमा कपाल फुस्काइस भने!! भनेर मैले सजग गराएँ उस्लाई। अनी अर्को जवान छोराको अभिनय बसन्ती रुपाखेतीले गर्ने भै । बाँकी म सासु बनेँ। इन्दिरा रेग्मी बुहारी बनी अनी इन्दिरा पण्डित मेरी सम्धिनी बनिन। एउटी बिधवा ले छोरी अन्माएर पठाइसके पछीको एक्लो बेसहारा अवस्था र बिहे गरेर घरजम गरिसके पछी छोरीले चाहेर पनि आफ्नी आमालाई देखभाल गर्न नमिल्ने ,नसकिने र गर्न खोजेको अवस्थामा उस्ले घर परिवारबाट पाउने ताडना र त्यो अवस्थामा उता बुढी आमाको देहान्त हुने एउटा बियोगान्त बिषय थियो उक्त नाटकमा। कुममा फाटेको चौबन्दी चोली र खाँडिको फरियामा म साँच्चैको कर्कशा सासु देखिएकी थिएँ रे उसबेला। उसमाथि दम को रोगी बनेर घ्यार घ्यार गर्नुपर्ने थियो। साँच्चै नै एक दमदार प्रस्तुती रह्यो हाम्रो त्यो पहिलो मञ्चित नाटक अनी मेरो प्रथम निर्देशन् पनि। अहिले ति सबै मेरा सहपाठि पात्रहरु साँच्चैको बिहेवारि भएर गृहस्थी सम्हाल्दै छन् तर सासु ससुरा बनिसकेका चाँही छैनन्। त्यो प्रस्तुति पछी मेरो तारिफ पनि ह्वात्तै बढ्यो सबैतिर बाट । शिक्षकहरुले अनेकन अड्कल गर्नुभयो मेरो कलाकारिताको भबिस्य सम्बन्धी। खुशीले आकाश चुम्दै म ओरालो बाटो कुदेर घर पुगेँ तर त्यो खबर घरतिर अघी पुगिसकेछ। सबैले बाहिरै सोध्न थाले नाटकको कुरा । हतार हतार घर भित्र पुगेर किताबको झोला र फरियाचोलिको पोको एकातिर फ्यालेपछी दौडिँदै बाहिर सबैलाई बेलिबिस्तार लगाउन थालेँ। बेलुकी अबेर सम्म घर नै फर्किन। साँझ घर फर्किँदा बाबा खाटमा सुतिरहनुभएको रहेछ। यतिबेला सम्म घर नफर्केकी अनी आजको कार्यक्रम कस्तो रह्यो बेलिबिस्तार पनि नलाएकी भन्दै बाबा त्यो दिन नराम्रो झोक्किनुभयो जुन रुप मैले सम्झनाहुनेगरी पहिले देखेको थिइन । म चाँहीँ हौसिँदै सबै भन्न खोजिरहेको थिएँ बाबाको मुड खराब देखेर मलाई रिस उठिहाल्यो। अनी रिसाएर केही भन्दिन भन्दै चोटामा गएर रुँदै बसेँ। बाबाले अलिक बेसी नै पुल्पुल्याउनुभएको थियो मलाई शायद ,अरु सँग भन्दा बाब सँग बेसी नाक बज्थ्यो मेरो अहिले सम्झिँदा। बेलुकी अबेर सम्म बाब मेरो टाउको सुम्सुम्याउदै के के भनिरहनु भयो ,मलाई फकाइरहनुभयो ,मैले धेरै पढेर केही गरेर देखौनुपर्ने, आफ्नै मिहिनेतमा बाँच्नुपर्ने र ति सब गर्नकालागी म सँग पर्याप्त प्रतिभा रहेको ,,मात्र मैले सदुपयोग गर्न जान्न र सक्नुपर्ने कुराको निक्कै निक्कै उपदेश दिनुभयो तर म भने अझै रिसले फुलिरहेको थिएँ ।मैले त्यो दिनको नाटकको विवरण भोलिमात्रै भन्छु भनेँ अनी अलिक अबेर भएपछी बाबा टाउको दुख्न थालयो भन्दै आफ्नो कोठातिर लाग्नुभयो । म पनि सुतेँ। अरु सबै अगिनै सुतिसकेका थिए।
भोलिपल्ट चैते दसैं परेको हुनाले स्कुल जानुनपर्ने थियो र अलिक अबेर सम्मै सुतेँ। उठेर तल भान्छमा झर्दा बाबा अझै सुतिरहनुभएको रहेछ ,बिस्तारइ बाबाको कोठामा पसेँ । बाबाले अझैपनी टाउको दुख्न कम नभएको भन्दै निधारमा भिक्स लगाइदेउ भन्नु भयो। म अरु भन्दा बेसी नै बाबा सँग झ्याम्मिने हुनाले खाना पछी बाबालाई दाँत कोट्ट्याउने सिन्का ठीक पार्ने, बाबाको बिस्तारा मिलाउने, ढलोटको टुटिवाला करुवा टलक्क टल्काएर बाबाको शिरानीछेउको स्टूलमा पानी राख्ने देखी स-साना काम मैले नै गर्नुपर्थ्यो। त्यसबेला पनि एक्छिन त भिक्स दलेर मालिस गरेँ अनी अल्छी लाग्यो। हिजोको नाटकको विवरण सुनाउदै यहिबसेर मलाई भिक्स दलिदेउ भन्नु भयो तर मैले झर्किँदै "दवाइ खानुस् न बाबा! भिक्स्ले पनि निको हुन्छ त?? अनी निको भए पछी म म सबै भनुला नि अहिले मलाई अल्छि लागिराको छ भन्दै उठेर बाहिरतिर कुदेँ। जसरी दिन बढ्दै गयो त्यसरी नै बाबालाई सारो टाउको दु:खन थालेछ, निकै बेर साथीहरु सँग रमाइलो गरेर घर फर्किंदा बाबा अझै बिस्तारामै हुनुहुँदो रहेछ सबै जना बाबा नजिकै बसेका रहेछ्न्। अनी एक छिनमा माथी गाउंबाट ठुलो बाबाहरु पनि आउनुभयो। त्यसबेला सम्म बाबा बोल्नै नसक्ने भैसक्नुभएको रहेछ। चैते दसैंको खुशी निमोठेर बाबालाई हतारहतार हस्पिटल लैजानुभयो सबै मिलेर। बिहान सम्म मैले भिक्स लगाइदेको निधार टल्किँदै थ्यो अझै तर यतिखेर बोल्न पनि नसक्ने भएर अरुबाट बोकाइएर हस्पिटल जानुभएको हेरिरहेँ अनी म पनि बाबा सँग जान्छु भनेर कराएँ तर मलाई कस्ले जान दिनु! त्यसपछी बाबा कहिले हस्पिटलबाट फर्किनुहोला र मैले अभिनय गरेको नाटकको बेलिबिस्तार लगाउँला भनेर पर्खिरहेँ ,,बिडम्बना !! त्यसपछी मैले कहिल्यै पनि त्यो उल्लासको विवरण बाबालाई दिन सकिन र अब कहिल्यै पनि सक्नेछैन । त्यसरी हस्पिटल लगिएको मेरो बाबा कहिल्यै फर्केर घर आउनुभएन। बाबा त उहिराती नै मैले खेलेको नाटकको ब्रितान्त सुन्न नआउनेगरी गैसक्नुभएछ।
बाबा यसरी जानुभयो ,,त्यसपछिका कुनै पर्व,खुसिका क्षण,प्रफुल्लता मेरालागी कहिल्यै आएनन् । बाबा बिनाको कुनै रमाइला पलले मलाई रमाइलो दिन सकेनन्। दुइचारजाना निरिह प्राणीले भरिएको सानो कुटी देख्थेँ मैले आफ्नै घरलाई बाबाको अनुपस्थितिमा। यसरी मेरो जिन्दगीको खाता बाट उल्लासको सिङ्गो अध्यायनै मेटिएर गयो बाबाको अस्त सङ्गै । सम्झिँदा यस्तो लाग्छ ,,की त्यसबखत सम्म म आफ्नो खुशी रमाइलो उल्लसित क्षण गन्दै निर्दोष मन बाँचेको थिएँ तर त्यसपछिको जिन्दगी मैले आफ्नो लागि कम अरुको लागि बेसी बाँचेको हुँला किनकी मलाई राम्रो थाहा छ त्यस्पछि जीवनमा कुनै त्यस्तो क्षणको महसुस गरेको सम्झना छैन जो अन्तरात्मादेखी स्वतस्फूर्त,पिडा रहित तनाबरहित आल्हादित भएर बिताएको हुँला। त्यसयताका हरेक अगिल्लो पाइलामा अभाब, दु:ख, जिम्मेवारी ,कर्तब्य ,सजगता यस्तै यस्तै केहीले अंचेटेकै छ । प्रत्एक अघिल्लो पाइला जिम्मेवारिको बोझले अझै गर्हुङ्गो भएकै छ।
म तेर्ह बर्ष पार गरिसक्दा समेत त्यती कट्टर पारम्परिक परिवारमा जन्मेर हुर्केर पनि म "छोरी' हुँ या छोरी दुर्बल, निरिह हुन्छ भन्ने मैले महसुस गरिन त्यसो हुन मेरो बाबाले कहिल्यै दिनुभएको थिएन। मानसिक तिक्ष्णता र ज्ञानको दायरामा छोरा र छोरी बराबर हुन्छन भन्ने अमुल्य ज्ञान र सत्योत्घाटन मलाई बाबाले नै गराइदिनुभएको थियो तर बाबाको अस्त पछी बिस्तारइमैले ति सब तितो सत्यको सामना गर्नुपर्योण।त्यसपछिका हरेक अप्ठ्यारामा मैले बाबाको मुहार र प्रेरणा सम्झेरै पाइला चालेँ र जिन्दगीलाई नजिकबाट नियाल्ने कोशीस गरेँ। जन्म र मृत्यु् सास्वत सत्यहो जो संसारका सबैले एक पटक ढिलो छिटो आत्मसात गर्नै पर्छ। मुटु भन्दा प्यारा आफन्त गुमाउदाको पिडा सामना गर्नै पर्छ तर आफुलाई परेको बेलामा भने त्यो दुर्दान्त घटनाको भागी सृस्टिममै आफु पहिलो हुँ जस्तो लाग्दोरहेछ। कती नाटकिय तरिकाले पुराना पात झरे झैँ हाम्रा आस्रय गुज्रेर हामीलाई आँफैँ जिन्दगीको तारे भिर पारगर्न समयले लगाउँदो रहेछ।
अहिले त म उसबेलाको जस्ती सानी चक्चके बच्ची रहिन। म आँफैँ आमा भएर सन्तानको माया र जिम्मेवारी के हो बुझ्दै छु। जिन्दगीको रथमा आफ्नहरुलाई बसालेर तान्दै र तानिँदै छु। मलाई थाहा छ बितेर गएका आफन्तहरु कहिल्यै फर्कन्नन् न त समय नै फर्कन्छ।,मेरो बाबा पनि अब कहिल्यै साक्षात मेरो अगाडि आउनुहुन्न। मलाई काखमा राखेर माथा मुसार्दै माया, आस्रय र आशिर्बाद दिनुहुन्न। बाबाको हरेक वाणी सम्झेर जिन्दगीको पथ टेक्दै आज जहाँ उभिएको छु ,फर्केर हेर्दा कुनै त्यस्तो चमात्कार नै त गर्न सकेकोछैन न त बाबाको म माथिको सपना र कल्पना अनी भरोसा नै पूर्णरुपले पूरा गरेको छु तर पनि जीवनमा पाएका स-सना खुशीका झिल्काहरु जस्तो: आफ्नो गाउँ मै एस् एल सि गर्ने दोस्री छोरी हुँदा या १०+२ गर्ने प्रथम छोरी हुंदा, आँफैले कखरा सिकेको बिध्यालयमा प्रथम पटक शिक्षिका भएर उभिंदा होस् या गाउँभरिकै छोरी मध्ये प्रथम स्नातक गर्ने छोरी हुँदा या त त्यो गाउंबाटै पहिलो छोरी मान्छे पत्रकारिता गर्दाको क्षण होस् अनी या त बाँच्नुको कहरमा अल्झिँदै चारोको खोजिमा आज मुग्लान भासिनुपर्दाको तिक्त क्षण,,सर्बप्रथम यि हरेक अवस्थाको समुख पर्दा बाबालाई नै सम्झिएँ र सम्झिएँ जिन्दगीको त्यो कालो दिन ,, हरेक दु:खद भन्दा बेसी स-साना खुशी-प्राप्तिको क्षणमा बाबाको कती धेरैकमी महसुस गरेकोछु कि,,लाग्छ यो भन्दा अफसोस जीवनमा अरु नपर्ला कि!
बाबले कती रहर गर्दा पनि मैले मेरा खुशीका कुरा सुनाइन, बाबाले अनुरोध गर्दपनी निधारमा भिक्स लगाइदिइन त्यो दिन जो अब मैले जीवनको सबैभन्दा ठुलोप्राप्ती भेटेको दिन पनि कुनै मुल्यमा त्यो क्षण त्यो अवस्था र त्यो अलौकिक सानीन्ध्यता प्राप्त गर्न् सक्दिन । म बुझ्ने भइसकेको छु कि म जान्दछु रुनु समस्या को समाधान होइन र पिडाहरुको औषधी पनि होइन तर पनि ब्यस्त जीवनको एक पल एकान्त भेट्ने बितिक्कै कतै सुटुक्क एक्लै बसेर बेफिक्री रोइदिन मन लाग्छ । कुनै बेला यती धेरै रोएको हुन्छु समय बितेको पत्तै हुँदैन ,,भन्छन रोएर आशु नै सुक्छ तर मलाई यो विश्वाश लाग्दैन। आशु कहिल्यै सुक्दैन रहेछ। कहिले पस्चातापमा ग्लानिले कोतरिएर रुन्छु त कहिले अभिसाप अनुभुत गरेर रुन्छु। हाँस्नलाई सिमित झिल्काहरु छन यहाँ त रुनलाई अनेक बहाना भेटिन्छन्। बुझ्दाबुझ्दै पनि धेरै पटक यस्तो लाग्छ ,,की हिंड्दाहिंड्दै कुनै मोडमा कतै बाबा भेटिनुहोला र म त्यो मेरो जिन्दगीको प्रथम अभिनित र निर्देशित नाटकको ब्रितान्त बताउँला अनी बाबाको टाउको आफ्नो काखमा राखेर भिक्स लगाएर मालिस गरिदिउँला ,,मलाई जन्माउनुभएको हुर्काउनुभएको ,पढाउनुभएको र स्वावलम्बन बाँच्न सिकाउनुभएको अनी जिन्दगीको सत्य बुझाउनुभएको ऋण तिरुँला यस्तै यस्तै दिवास्वप्न देख्छु । त्यसै दिन मैले मञ्चन गरेको नाटकको पटाक्षेप झैँ जिन्दगीको मञ्चमा जुन नाटक अहिले अभिनय गर्दैछु ,मलाई थाहा छ कुनैपनी बेला यसको पनि पर्दा लाग्न सक्छ तर ,,,तर पनि त्यो दिनको नाटकको सम्झनाले मलाई यसरी पोल्छ ,,मैले किन उसै दिन बाबालाई सबै सुनाइन!! मलाई चिच्याएर भन्न मन लाग्छ कि बाबा!! हजुरलाई नसुनाएको नाटक को ब्रितान्त पछी मैले जिन्दगीको साक्षात मञ्चमा बाहेक कुनैपनी कृतिम मञ्चमा कुनै नाटक मञ्चन गरिन,, र शायद गर्ने पनि छैनहोला। के मैले बाँचिरहेको यो जिन्दगीनै आँफैमा एक सिङ्गो नाटक होइन र?

जिन्दगीनै आँफैमा एक सिङ्गो नाटक होइन र?

नेपाली बिषयको किताबमा भएको "टिका" नामक नाटक पढाईसकेर नन्दलाल सरले भोली सबैले एक एक वटा नाटक लेखेर ल्याउने उर्दी कक्षामा जारिगर्नुभए अनुरुप भोलिपल्ट सबै मध्य केहीले लेखेर ल्याएछन जसमध्ये मेरी सहपाठी इन्दिरा रेग्मिले लेखेको "छोरीको कर्म" नामक नाटक उत्कृष्ट ठहरियो। छोटो प्लटको समसामयिक नाटक भएको हुँदा सोही नाटक अर्को आउने हप्तान्तमा बिध्यालयमा मञ्चन गर्नुपर्ने भन्ने सरको आदेश र सल्लाह बमोजिम धुमधाम संग तयारीमा जुट्यौँ। अहिले सम्झिँदा हांसो लाग्छ । दुइजना पुरुष पात्र र तीन जना नारी पात्र रहेको उक्त लघुनाटकमा एउटी बिधुवा आमा र उसकी जवान छोरी जसको बिहे भैसकेको, एक प्रौढ जोडी र तिनिहरुका एक जवान छोरा जो अर्की जवान केटीका पती हुनुपर्नेमा हामीले ति पुरुष पात्रका भूमिकामा कुनै पुरुषनै यानेकी कक्षाकै कोही छोरामान्छेलाई अभिनय गर्न नदिने भयौँ यो कुराले ठुलै खल्बली मच्चेको थियो उसबेला । नाटकमा कसैकी स्वास्नी बनेर अभिनय गर्न त्यसबेला सम्म हाम्रो सोच त्यती फराकिलो भइसकेको थिएन रहेछ कि त्यो अभिनय सम्झिंदा पनि हामी लाजले रातोपिरो हुन्थ्यौँ । निकै बखेडा गरिसकेपछी हामीले निधो गर्यौँ कि सबै पात्र केटीहरुले नै अभिनय गर्ने तर केटाको भेष धारण् गरेर। अन्तमा प्रस्ताब पारीत भयो । घरमा गएर आफुले नाटक अभिनय गर्ने र निर्देशन् समेत गर्ने खबर सुनाएपछी सबैभन्दा धेरै मेरो बाबा खुशी हुनुभयो र मलाई यती बेर काखमा बसाल्नुभयो ,,,सम्झिँदा अहिलेपनी आँखा डम्म भरिन्छ। कक्षामा मलाई नै धेरै बोल्नुपर्ने, झैझगडा समेत गर्न तम्सिनुपर्ने, हक्की स्वाभाबकी थिएँ म शायद यहिकारण उक्त नाटकको निर्देशन देखी सबै कामको जिम्मेवारी मैले पाएँ। र जीवनमै पहिलो पटक म आँफै पनि एक बुढी र कर्कशा सासुको भूमिकामा अभिनय गर्ने भएँ । एक हप्ता लगाएर हामीले सक्दो राम्रो रिहर्शल गर्यौँ र मञ्चको लागि आवश्यक सामान, पहिरन सबै आफुआफुमै बांड्फाँड गर्यौँ घर घरबाट ल्याउनकोलागी। घर गएर पनि म राती अबेर सम्म एक्लै आफ्नो सम्बाद बोल्दै रिहर्सल गरिरहन्थेँ र बाबा ले बिच बिचमा सिकाउनुहुन्थ्यो। तर आमाले भने मन पराउनुहुन्नथ्यो। छोरीले यो सब गर्नुको कुनै अर्थ छैन, लाज पच्छ र छाडा हुन्छन भन्ने बिचार आमा राख्नुहुन्थ्यो। अनी बाबाले हपार्नुहुन्थ्यो आमालाई,"छोरिलाई पनि आँफै जस्तो गँवार बनाउन चाहन्छेस??" शायद यही कारण हुन सक्छ म मेरो बाबा रहुन्जेल सबैभन्दा बाबाकै प्रिय थिएँ र अहिले सम्झनामा मात्रै पनि म सबैभन्दा बेसी बाबालाई नै माया गर्छु । आमाले जे भन्नुहुन्थ्यो सबै अशिक्षाको कारण हो भन्ने कुरो म बाबा बाटै बुझ्ने गर्थेँ तर पनि आमाले चाँही आफुलाई माया नै गर्नुहुन्न जस्तो मात्र लाग्थ्यो त्यो मेरो बच्पना सोचाइ थियो जो अहिले बुझ्छु।
स्कुलमा नाटक मञ्चन गर्नुपर्ने दिनको अघिल्लो साँझ घरमा पुगेर पनि म त्यही नाटककै बिषयमा सोचिरहेको थिएँ। तर त्यो दिन बाबा काम बिशेषले अलिक अबेर घर फर्किनुहुने हुँदा थप रिहर्शल आमाको अगाडि सम्भब थिएन ,मैले केही उपाय सोचेँ र अंध्यारो पर्खन थालेँ। बिस्तारै अंध्यारोले छोप्तै गएपछी सुटुक्क घरदेखी अलिपर्तिर परालको थुप्रो छेउ गएँ र त्यहीँ एक्लै आफ्नो सम्बाद सम्झिँदै रिहर्सल गर्न थालेँ अंध्यारोमै। कतिखेर ढिलो भैसकेछ मलाई त पत्तै भएनछ ,,निकै अबेर भैसकेपछि पो मलाई झस्का लाग्यो अब आमाले मार्नुहुन्छ ! बाबा पनि अैपुग्नुभएको छैन। आमाले खोजी पनि गर्नुभएन किनकी बाबा नहुँदा म प्राय यताउता हराउनेगर्थेँ आमाको खप्की बाट बच्नको लागि। आमा जतिबेलै पनि भान्छाको काम गर, सिक्नुपर्छ भन्नुहुन्थ्यो जो मलाई कहिल्यै दिलचस्पी लागेन जबसम्म साँच्चैको जिम्मेवारी परेन म आँफैलाई। त्यो दिन पनि त्यस्तै भयो ,बाबाको खोकी आवाज नसुनुन्जेल घर जान्न भन्दै परालको थुप्रोनिर छेलिएर बसिरहेको थिएँ कतिबेला फुस्सै निदाएछु। निक्कै राती त के भनु तर गाउँघरतिर त अझै पनि साँझ परेपछी रात त्यसैलाई भनिन्छ ,,सहरको झैँ लम्बेतन साँझ अनी बल्ल रात हुने भन्ने मानिदैन। भनुं बेलुकिको ९ जती बज्नुभनेको रात नै हुन्थ्यो हाम्रोलागी, एक्कासी कल्याङ्बल्याङ सुनेर आँखा उघारेछु त टर्च बोकेर बाबा आउनुभएछ मलाई खोज्दै अनी पछीपछी आमा,दाई भाई अनी छरछिमेकी पनि। बाबाले मलाई देख्नासाथ काखिमा च्यापेर सोध्नुभयो म त्यहा परालमा सुत्नाको कारण अनी मैले भनेँ भोली नाटक मञ्चन गर्नुछ , म आँफै निर्देशक पनि भएकोले मैले त सबैभन्दा राम्रो अभिनय गर्नुपर्छ र त्यसकोलागी धेरै रिहर्सल पनि गर्नुपर्छ तर आमाले भान्छाको काम लगाउनुहोला भनेर म यहाँ आएको । मेरो मुखबाट यती फुत्किनसाथ बाबाले आमालाई यसरी झम्टनुभयो ,,,मैले त्यो उमेर सम्म बाबा कसैसँग त्यती हिंसात्मक भएर रिसाउनुभएको देखेकै थिईन ।
निर्दोश आमाले खप्की खानुपरेको देखेर मलाई निक्कै ग्लानी भयो र बाबालाई आफु आँफैखुसी त्यहा गएको र आमाले केही नभन्नु भएको बताएँ। अनी घर पुगेर सबैजन खाना खाइओरी सुत्यौँ । भोलिपल्ट स्कुल जानेबेलामा बाबाले निक्कै बेर मायाले सुम्सुम्याउँदै नाटकको राम्रो प्रदर्शन गर्नु अनी बेलुकी घरमा फर्केर सबै बेलिबिस्तार लगाउनु भन्दै सम्झाउनुभयो। खुशीले फुरुङ्ग पर्दै स्कुल तिर लागेँ । पौने घण्टाको उकालो बाटो पार्गर्नुपर्ने त त्यसदिन खुशीले गर्दा एकै निमेषमा पुगे जस्तो भान भयो। दिउसो २ बजे मात्र कार्यक्रमको समय तोकिएको हुंदा त्यस अघिको कुनै पिरियड पढ्ने मुडनै थिएन ,जसोतसो समय आइपुग्यो।
तन्नाले बारेर बनाइएको स्रिङ्गार कक्षमा निक्कै घम्साघम्सी पर्यो् अभिनयका लागि तयार भएर निस्किन । केटी मान्छे लाई केटाको भेषमा बाहिर निकाल्न र निक्लिन त्यतिखेरको हाम्रो मिहिनेत आज सम्झिँदा रमाइलो लाग्छ। मेरी मावली चेली र सहपाठि रमा पन्त अली पोक्ची र मोटी पनि भएकिले उसलाई ससुरा बाजे बनाइयो। कुन्नी कस्को ढाकाटोपी थियो तर उस्को लामो कपालको गुजुल्टो टोपी भित्र नअटेर कोच्दा कोच्दा हांसेर झन्डै मर्यौँ सबै। मञ्चमा कपाल फुस्काइस भने!! भनेर मैले सजग गराएँ उस्लाई। अनी अर्को जवान छोराको अभिनय बसन्ती रुपाखेतीले गर्ने भै । बाँकी म सासु बनेँ। इन्दिरा रेग्मी बुहारी बनी अनी इन्दिरा पण्डित मेरी सम्धिनी बनिन। एउटी बिधवा ले छोरी अन्माएर पठाइसके पछीको एक्लो बेसहारा अवस्था र बिहे गरेर घरजम गरिसके पछी छोरीले चाहेर पनि आफ्नी आमालाई देखभाल गर्न नमिल्ने ,नसकिने र गर्न खोजेको अवस्थामा उस्ले घर परिवारबाट पाउने ताडना र त्यो अवस्थामा उता बुढी आमाको देहान्त हुने एउटा बियोगान्त बिषय थियो उक्त नाटकमा। कुममा फाटेको चौबन्दी चोली र खाँडिको फरियामा म साँच्चैको कर्कशा सासु देखिएकी थिएँ रे उसबेला। उसमाथि दम को रोगी बनेर घ्यार घ्यार गर्नुपर्ने थियो। साँच्चै नै एक दमदार प्रस्तुती रह्यो हाम्रो त्यो पहिलो मञ्चित नाटक अनी मेरो प्रथम निर्देशन् पनि। अहिले ति सबै मेरा सहपाठि पात्रहरु साँच्चैको बिहेवारि भएर गृहस्थी सम्हाल्दै छन् तर सासु ससुरा बनिसकेका चाँही छैनन्। त्यो प्रस्तुति पछी मेरो तारिफ पनि ह्वात्तै बढ्यो सबैतिर बाट । शिक्षकहरुले अनेकन अड्कल गर्नुभयो मेरो कलाकारिताको भबिस्य सम्बन्धी। खुशीले आकाश चुम्दै म ओरालो बाटो कुदेर घर पुगेँ तर त्यो खबर घरतिर अघी पुगिसकेछ। सबैले बाहिरै सोध्न थाले नाटकको कुरा । हतार हतार घर भित्र पुगेर किताबको झोला र फरियाचोलिको पोको एकातिर फ्यालेपछी दौडिँदै बाहिर सबैलाई बेलिबिस्तार लगाउन थालेँ। बेलुकी अबेर सम्म घर नै फर्किन। साँझ घर फर्किँदा बाबा खाटमा सुतिरहनुभएको रहेछ। यतिबेला सम्म घर नफर्केकी अनी आजको कार्यक्रम कस्तो रह्यो बेलिबिस्तार पनि नलाएकी भन्दै बाबा त्यो दिन नराम्रो झोक्किनुभयो जुन रुप मैले सम्झनाहुनेगरी पहिले देखेको थिइन । म चाँहीँ हौसिँदै सबै भन्न खोजिरहेको थिएँ बाबाको मुड खराब देखेर मलाई रिस उठिहाल्यो। अनी रिसाएर केही भन्दिन भन्दै चोटामा गएर रुँदै बसेँ। बाबाले अलिक बेसी नै पुल्पुल्याउनुभएको थियो मलाई शायद ,अरु सँग भन्दा बाब सँग बेसी नाक बज्थ्यो मेरो अहिले सम्झिँदा। बेलुकी अबेर सम्म बाब मेरो टाउको सुम्सुम्याउदै के के भनिरहनु भयो ,मलाई फकाइरहनुभयो ,मैले धेरै पढेर केही गरेर देखौनुपर्ने, आफ्नै मिहिनेतमा बाँच्नुपर्ने र ति सब गर्नकालागी म सँग पर्याप्त प्रतिभा रहेको ,,मात्र मैले सदुपयोग गर्न जान्न र सक्नुपर्ने कुराको निक्कै निक्कै उपदेश दिनुभयो तर म भने अझै रिसले फुलिरहेको थिएँ ।मैले त्यो दिनको नाटकको विवरण भोलिमात्रै भन्छु भनेँ अनी अलिक अबेर भएपछी बाबा टाउको दुख्न थालयो भन्दै आफ्नो कोठातिर लाग्नुभयो । म पनि सुतेँ। अरु सबै अगिनै सुतिसकेका थिए।
भोलिपल्ट चैते दसैं परेको हुनाले स्कुल जानुनपर्ने थियो र अलिक अबेर सम्मै सुतेँ। उठेर तल भान्छमा झर्दा बाबा अझै सुतिरहनुभएको रहेछ ,बिस्तारइ बाबाको कोठामा पसेँ । बाबाले अझैपनी टाउको दुख्न कम नभएको भन्दै निधारमा भिक्स लगाइदेउ भन्नु भयो। म अरु भन्दा बेसी नै बाबा सँग झ्याम्मिने हुनाले खाना पछी बाबालाई दाँत कोट्ट्याउने सिन्का ठीक पार्ने, बाबाको बिस्तारा मिलाउने, ढलोटको टुटिवाला करुवा टलक्क टल्काएर बाबाको शिरानीछेउको स्टूलमा पानी राख्ने देखी स-साना काम मैले नै गर्नुपर्थ्यो। त्यसबेला पनि एक्छिन त भिक्स दलेर मालिस गरेँ अनी अल्छी लाग्यो। हिजोको नाटकको विवरण सुनाउदै यहिबसेर मलाई भिक्स दलिदेउ भन्नु भयो तर मैले झर्किँदै "दवाइ खानुस् न बाबा! भिक्स्ले पनि निको हुन्छ त?? अनी निको भए पछी म म सबै भनुला नि अहिले मलाई अल्छि लागिराको छ भन्दै उठेर बाहिरतिर कुदेँ। जसरी दिन बढ्दै गयो त्यसरी नै बाबालाई सारो टाउको दु:खन थालेछ, निकै बेर साथीहरु सँग रमाइलो गरेर घर फर्किंदा बाबा अझै बिस्तारामै हुनुहुँदो रहेछ सबै जना बाबा नजिकै बसेका रहेछ्न्। अनी एक छिनमा माथी गाउंबाट ठुलो बाबाहरु पनि आउनुभयो। त्यसबेला सम्म बाबा बोल्नै नसक्ने भैसक्नुभएको रहेछ। चैते दसैंको खुशी निमोठेर बाबालाई हतारहतार हस्पिटल लैजानुभयो सबै मिलेर। बिहान सम्म मैले भिक्स लगाइदेको निधार टल्किँदै थ्यो अझै तर यतिखेर बोल्न पनि नसक्ने भएर अरुबाट बोकाइएर हस्पिटल जानुभएको हेरिरहेँ अनी म पनि बाबा सँग जान्छु भनेर कराएँ तर मलाई कस्ले जान दिनु! त्यसपछी बाबा कहिले हस्पिटलबाट फर्किनुहोला र मैले अभिनय गरेको नाटकको बेलिबिस्तार लगाउँला भनेर पर्खिरहेँ ,,बिडम्बना !! त्यसपछी मैले कहिल्यै पनि त्यो उल्लासको विवरण बाबालाई दिन सकिन र अब कहिल्यै पनि सक्नेछैन । त्यसरी हस्पिटल लगिएको मेरो बाबा कहिल्यै फर्केर घर आउनुभएन। बाबा त उहिराती नै मैले खेलेको नाटकको ब्रितान्त सुन्न नआउनेगरी गैसक्नुभएछ।
बाबा यसरी जानुभयो ,,त्यसपछिका कुनै पर्व,खुसिका क्षण,प्रफुल्लता मेरालागी कहिल्यै आएनन् । बाबा बिनाको कुनै रमाइला पलले मलाई रमाइलो दिन सकेनन्। दुइचारजाना निरिह प्राणीले भरिएको सानो कुटी देख्थेँ मैले आफ्नै घरलाई बाबाको अनुपस्थितिमा। यसरी मेरो जिन्दगीको खाता बाट उल्लासको सिङ्गो अध्यायनै मेटिएर गयो बाबाको अस्त सङ्गै । सम्झिँदा यस्तो लाग्छ ,,की त्यसबखत सम्म म आफ्नो खुशी रमाइलो उल्लसित क्षण गन्दै निर्दोष मन बाँचेको थिएँ तर त्यसपछिको जिन्दगी मैले आफ्नो लागि कम अरुको लागि बेसी बाँचेको हुँला किनकी मलाई राम्रो थाहा छ त्यस्पछि जीवनमा कुनै त्यस्तो क्षणको महसुस गरेको सम्झना छैन जो अन्तरात्मादेखी स्वतस्फूर्त,पिडा रहित तनाबरहित आल्हादित भएर बिताएको हुँला। त्यसयताका हरेक अगिल्लो पाइलामा अभाब, दु:ख, जिम्मेवारी ,कर्तब्य ,सजगता यस्तै यस्तै केहीले अंचेटेकै छ । प्रत्एक अघिल्लो पाइला जिम्मेवारिको बोझले अझै गर्हुङ्गो भएकै छ।
म तेर्ह बर्ष पार गरिसक्दा समेत त्यती कट्टर पारम्परिक परिवारमा जन्मेर हुर्केर पनि म "छोरी' हुँ या छोरी दुर्बल, निरिह हुन्छ भन्ने मैले महसुस गरिन त्यसो हुन मेरो बाबाले कहिल्यै दिनुभएको थिएन। मानसिक तिक्ष्णता र ज्ञानको दायरामा छोरा र छोरी बराबर हुन्छन भन्ने अमुल्य ज्ञान र सत्योत्घाटन मलाई बाबाले नै गराइदिनुभएको थियो तर बाबाको अस्त पछी बिस्तारइमैले ति सब तितो सत्यको सामना गर्नुपर्योण।त्यसपछिका हरेक अप्ठ्यारामा मैले बाबाको मुहार र प्रेरणा सम्झेरै पाइला चालेँ र जिन्दगीलाई नजिकबाट नियाल्ने कोशीस गरेँ। जन्म र मृत्यु् सास्वत सत्यहो जो संसारका सबैले एक पटक ढिलो छिटो आत्मसात गर्नै पर्छ। मुटु भन्दा प्यारा आफन्त गुमाउदाको पिडा सामना गर्नै पर्छ तर आफुलाई परेको बेलामा भने त्यो दुर्दान्त घटनाको भागी सृस्टिममै आफु पहिलो हुँ जस्तो लाग्दोरहेछ। कती नाटकिय तरिकाले पुराना पात झरे झैँ हाम्रा आस्रय गुज्रेर हामीलाई आँफैँ जिन्दगीको तारे भिर पारगर्न समयले लगाउँदो रहेछ।
अहिले त म उसबेलाको जस्ती सानी चक्चके बच्ची रहिन। म आँफैँ आमा भएर सन्तानको माया र जिम्मेवारी के हो बुझ्दै छु। जिन्दगीको रथमा आफ्नहरुलाई बसालेर तान्दै र तानिँदै छु। मलाई थाहा छ बितेर गएका आफन्तहरु कहिल्यै फर्कन्नन् न त समय नै फर्कन्छ।,मेरो बाबा पनि अब कहिल्यै साक्षात मेरो अगाडि आउनुहुन्न। मलाई काखमा राखेर माथा मुसार्दै माया, आस्रय र आशिर्बाद दिनुहुन्न। बाबाको हरेक वाणी सम्झेर जिन्दगीको पथ टेक्दै आज जहाँ उभिएको छु ,फर्केर हेर्दा कुनै त्यस्तो चमात्कार नै त गर्न सकेकोछैन न त बाबाको म माथिको सपना र कल्पना अनी भरोसा नै पूर्णरुपले पूरा गरेको छु तर पनि जीवनमा पाएका स-सना खुशीका झिल्काहरु जस्तो: आफ्नो गाउँ मै एस् एल सि गर्ने दोस्री छोरी हुँदा या १०+२ गर्ने प्रथम छोरी हुंदा, आँफैले कखरा सिकेको बिध्यालयमा प्रथम पटक शिक्षिका भएर उभिंदा होस् या गाउँभरिकै छोरी मध्ये प्रथम स्नातक गर्ने छोरी हुँदा या त त्यो गाउंबाटै पहिलो छोरी मान्छे पत्रकारिता गर्दाको क्षण होस् अनी या त बाँच्नुको कहरमा अल्झिँदै चारोको खोजिमा आज मुग्लान भासिनुपर्दाको तिक्त क्षण,,सर्बप्रथम यि हरेक अवस्थाको समुख पर्दा बाबालाई नै सम्झिएँ र सम्झिएँ जिन्दगीको त्यो कालो दिन ,, हरेक दु:खद भन्दा बेसी स-साना खुशी-प्राप्तिको क्षणमा बाबाको कती धेरैकमी महसुस गरेकोछु कि,,लाग्छ यो भन्दा अफसोस जीवनमा अरु नपर्ला कि!
बाबले कती रहर गर्दा पनि मैले मेरा खुशीका कुरा सुनाइन, बाबाले अनुरोध गर्दपनी निधारमा भिक्स लगाइदिइन त्यो दिन जो अब मैले जीवनको सबैभन्दा ठुलोप्राप्ती भेटेको दिन पनि कुनै मुल्यमा त्यो क्षण त्यो अवस्था र त्यो अलौकिक सानीन्ध्यता प्राप्त गर्न् सक्दिन । म बुझ्ने भइसकेको छु कि म जान्दछु रुनु समस्या को समाधान होइन र पिडाहरुको औषधी पनि होइन तर पनि ब्यस्त जीवनको एक पल एकान्त भेट्ने बितिक्कै कतै सुटुक्क एक्लै बसेर बेफिक्री रोइदिन मन लाग्छ । कुनै बेला यती धेरै रोएको हुन्छु समय बितेको पत्तै हुँदैन ,,भन्छन रोएर आशु नै सुक्छ तर मलाई यो विश्वाश लाग्दैन। आशु कहिल्यै सुक्दैन रहेछ। कहिले पस्चातापमा ग्लानिले कोतरिएर रुन्छु त कहिले अभिसाप अनुभुत गरेर रुन्छु। हाँस्नलाई सिमित झिल्काहरु छन यहाँ त रुनलाई अनेक बहाना भेटिन्छन्। बुझ्दाबुझ्दै पनि धेरै पटक यस्तो लाग्छ ,,की हिंड्दाहिंड्दै कुनै मोडमा कतै बाबा भेटिनुहोला र म त्यो मेरो जिन्दगीको प्रथम अभिनित र निर्देशित नाटकको ब्रितान्त बताउँला अनी बाबाको टाउको आफ्नो काखमा राखेर भिक्स लगाएर मालिस गरिदिउँला ,,मलाई जन्माउनुभएको हुर्काउनुभएको ,पढाउनुभएको र स्वावलम्बन बाँच्न सिकाउनुभएको अनी जिन्दगीको सत्य बुझाउनुभएको ऋण तिरुँला यस्तै यस्तै दिवास्वप्न देख्छु । त्यसै दिन मैले मञ्चन गरेको नाटकको पटाक्षेप झैँ जिन्दगीको मञ्चमा जुन नाटक अहिले अभिनय गर्दैछु ,मलाई थाहा छ कुनैपनी बेला यसको पनि पर्दा लाग्न सक्छ तर ,,,तर पनि त्यो दिनको नाटकको सम्झनाले मलाई यसरी पोल्छ ,,मैले किन उसै दिन बाबालाई सबै सुनाइन!! मलाई चिच्याएर भन्न मन लाग्छ कि बाबा!! हजुरलाई नसुनाएको नाटक को ब्रितान्त पछी मैले जिन्दगीको साक्षात मञ्चमा बाहेक कुनैपनी कृतिम मञ्चमा कुनै नाटक मञ्चन गरिन,, र शायद गर्ने पनि छैनहोला। के मैले बाँचिरहेको यो जिन्दगीनै आँफैमा एक सिङ्गो नाटक होइन र?

'जागिरे जीवनको सुरुवात र आज' फर्केर हेर्दा।

'जागिरे जीवनको सुरुवात र आज' फर्केर हेर्दा। 'संस्मरण'
उसो त दैनिकी लेख्नु मेरो सानै देखिको बानी हो, अफसोसको कुरा यसमा निरन्तरता भने छैन। तर घर छोडेर परदेश लागेदेखि लग्भग दुई बर्ष लगातार चाँहीं अपबाद बाहेकका सबै सांझहरुमा आधा पन्ना मात्रै भएपनी दैनिकी लेखेको थिएँ। त्यो आज पल्टाएर हेर्दा लाग्छ ति प्रत्यक अक्षर मैले कुनै कलमको मसिले कागजको पानामा लेखेको नभएर बिदेसिनुको, एक्लो हुनुको र संघर्ष गर्नुको अत्यासपूर्ण समयको असह्य पीडाले बगाइदिएका अनगिन्ती आशुमा मानसिक तनाबको निब चोपेर जिन्दगीको छातीमा लेखिएको सर्बाधिक तिक्त दस्तावेज हो। जो जीवनकै बिछोडको भयानक कालखण्ड बनेर मलाई त झस्काइरहने छ नै मेरा परिवार, खासगरी जीवनको जोहो गर्न बाध्यताबस् मैले उसबेला छोडेर हिँडेको दुधेबालकले समयको सुदुरमा बुझ्न सक्नेछ कि उसकी बिबश आमाले के कस्ता समय भोगेको थीइ,,उसैका उज्यालो भबिस्यका खातिर भनेर।
त्यही अत्यासपूर्ण समयको पन्ना पल्टाउने क्रममा आज दिनै भरी बेसन्चो शरिर र बिक्षिप्त मन बोकी बिस्तारामा पल्टिएर एकसुरमा जीवनका जोडघटाऊ हिसाब गर्दै थिएँ। मनमा उठेका अनगिन्ती छालहरुले घरि घरि बिगत र वर्तमानका वारी र पारी भित्तामा लाँदै र ल्याउँदै मलाई बजारिरहे, पछारिरहे। अचानक आफ्नोजागिरे जीवनको सुरुवात र पैसाको भूमिका सम्झना पुगेँ। पत्तै नपाई विगतको दैलो घरक्क उघारेर म सुटुक्क छिरेछु ति पुराना यादहरुको गुँडुल्कोमा ।
बाबा बित्नुभएपछी हाम्रो परिवारको न्यानो सहाराको पुञ्ज सदाका लागि निभेन मात्रै हामीलाई खासगरी म जो भर्खर किशोरअवस्थामा रम्दै गरेकी छोरीलाई जीवनको सबै भन्दा ठुलो धक्का लाग्यो। एकाएक अचानक चारैतिरबाट जीवनको दैलोमा तगारा र चुकुलहरु तेर्सिन थाले। अचानक छरछिमेकका सबै मेरा स्वघोषित अभिभाबक बन्न थाले तर मेरो जिन्दगीको डोरी माथि तान्न होइन कि बरु सकेसम्म खुट्टा तानेर तल झार्नका लागि। छोरी हुनुको पीडा र बाध्यता त्यसबेला मैले टड्कारो महसुस गरेँ किनकी म भन्दा हुर्केको दाइले त्यो ताडना भोग्नुपरेको थिएन ,,छोरालाई त्यसकिसिमको बार बान्देज लागेन ,लाग्नु जरुरी थिएन उनिहरुकै परिभाषामा। बिद्यालयबाट अली अबेर फर्कन नहुने, मन लागेको बेला आफुखुसी बजारतिर निस्किन नहुने,आफ्नै बार्दलिमा निर्धक्क कपाल फिँजाएर घाम ताप्न नहुने, साथीसंगी भाईबहिनी सँग दिल खोलेर खित्किँदै हाँस्न नहुने। यदी यसो गरेमा "राँड्का शाढ्" भन्दै कुरा काटेर मलाई भन्दा मेरो विवश बिधवा आमालाई नानाथरिका डर त्रास आसंका कानमा भरेर मानसिक यातना दिन्थे। जसबाट भयभित भै मेरी बिचरी अनपढ सोझी आमा सँधै रुँदै मलाई भन्नुहुन्थ्यो,"अब तिम्रा बाबा रहेनन्, गाउँलेले कुरा काट्छन्,अरुले भन्नु र तिमीहरुले गर्नु एकै भयो भने म पासो लागेर मर्छु।" म आमाको त्यो मानसिक तनाब देखेर बिक्षिप्त हुन्थेँ। ति अज्ञानी चिसा मनका गाउँलेप्रती मनमनै भुट्भुटिन्थेँ र आमा लाई आश्वासत पार्थेँ,"आमा म हजुरको शिर झुक्ने त्यस्तो केही काम गर्ने छैन।"
समय आफ्नै गतिमा चलिरह्यो। स्वघोषित ति डाहाडे अभिभाबकहरुको ताडना सहंदै मैले बिद्यालय शिक्षा पुरा गरेर अलिक टाढाको नवस्थापित उच्चामाबी मा ११ कक्षा पढ्न थालेँ। तिनताका हाम्रा तिर स्थानिय रुटका सवारीसधन सञ्चालित थिएनन्। सडकको पेटिमा उभिएर लामा रुटका बस ट्रक जीप जे आयो त्यसैलाइ हात हल्लाउंदै रोकेर ५ रुपैयाँ तिरेर कलेज पुग्नुपर्थ्यो। बिहानका कक्षा सञ्चालित उक्त १०+२ मेरो जीवनको दैलो उघार्नमा कोशे ढुङ्गो नै साबित भयो। तर प्राप्तिहरु जीवनका सबभन्दा कञ्जुस पाटाहरु हुन्। एकातिर आउँछ अर्को तिर हराउँछ। यता टाल्यो उता ह्वाङ्गै। यसरी तानतुन गरेर अपुरा प्राप्तिको मानो मुठी समेट्दा समेट्दै पनि जिन्दगीले कतै बाट जिस्क्याइरहेकै हुन्छ एउटा अपुरो कुनामा बसेर।
अध्ययन त थालेँ तर फेरी आर्थिक समस्या अगाडि तेर्सियो अभाबको अजिङ्गर बनेर। घरको आर्थिक अवस्था र आमाको समस्या हेरी हेरी म आफ्नो नितान्त निजी जीवनको आगामी खुड्किलो खन्न कसैलाई अरु भार थप्न चाहन्नथेँ। त्यसैले बिहानको आफ्नो कक्षा सकेर बचेँको दिनभरिको समयलाई आर्थोपार्जनमा लगाउने सोच बनाएर दस तिर भनसुन गरेपछी गाउँकै प्राथमिक बिद्यालय(जहाँ मेरो शिक्षाको आरम्भ भएर ५ कक्षा सम्म चलेको थियो) मा गाबिसको निजी स्रोतबाट पारिश्रमिक् पाउने गरी २ बर्षको करारमा शिक्षिकाको जागिर पाउने भएँ। म खुशीको खबरले बाटाभरी एक्लै मुस्कुराउँदै घर तर्फ लम्किँदै थिएँ आमालाई सुनाउन भनी। बाटामा गाउँकै एकजना काका पर्ने स्वघोषित अभिभाबक सित जम्काभेट भयो। उनले खुशीले उद्दिप्त मेरो अनुहार नियाल्दै यती नमिठो ब्यङ्य प्रहार गरे,म तत्क्षण हजार टुक्रामा बिभक्त भएँ। "बाबु बितेका जवान छोरीहरु एक्लै एक्लै मुस्कुराउनु भनेको कुनै पट्ठो(केटो) संग लहसिएको संकेत हो।" उनको आशय यस्तै थियो। मन त लाग्यो उल्टो हातले काकको गाला बजाइदिउँ तर केही नभनी सरासर घर पुगेर आमालाई सम्भाबित जागिरको बेलिबिस्तार लगाएं।
पहिले त आमाको आँखामा खुशीको शप्तगण्डकी छचल्कियो फेरी बिस्तारै सुस्ताउँदै भन्नु भयो, "छोरी! तिमीलाई धपेडी हुन्न?? बिहान पढ्ने, दिउंसो पढाउने, पढ्ने ठाउँ पूर्व पढाउने ठाउँ पश्चिम। फेरी तलब पनि धेरै होइन बित्थामा तिम्रो ज्यान मात्र सुक्ने होकी!!"
आमाको आशँकाले म झस्किएं, हो त! पढ्ने एकातिर पढाउने अर्का तिर। भनेका बेला गाडी पाइन्न । सँधै एउटै समयमा आउनजान सकिन्न। आफ्नो घर छ बेसिमा ,जागिर गर्ने बिद्यालय आधा घण्टा उकालो हिँडेर माथि देउराली नेर पुग्नुपर्ने। तलब थियो मासिक १२५० रुपैयाँ। ; लाग्यो जागिर त नखाउंहोला, भोली टोक्नु न बोक्नु भयो भने!! म अनमनस्यक उभिरहेँ। फेरी झलक्क अघी भर्खर बाटमा स्वघोशित अभिभाबक काकाको ब्यङ्यबाण सम्झिएँ। मैले झन्डै चिच्याएर आमालाई भने," आमा! म जागिर खान्छु!" मैले आमालाई सम्झाएँ जतिनै दु:ख भएपनी यो मेरो जिन्दगीमा आत्मनिर्भरताको सुरुवात हो। नानाथरी ब्यङ्यबाण हान्ने गाउँछिमेकका मुखमा बुजो लगाउने केही हद सम्मको भएपनी उपाय हो।
यसरी मैले जीवनमा पहिलो पटक आँफैले कखरा सिकेको प्राथमिक बिद्यालयबाट जागिरे जीवनको सुरुवात गरेँ मासिक १२५० रुपैयाँ तलब पाउने गरी।
जीवन अनवरत तर कठोर् यात्रा हुँदै चल्दै थियो। बिहानै झिस्मिसेमै उठ्नु, तयार भएर कलेज पुग्नु, सँधै अन्तिमको बिषय क्लास नलिकन हतार हतार फेरी भोकै जागिर गर्न उकालो लाग्नु, भोको पेटमा दिनभर चिचिला केटाकेटिहरु संग कराएर साँझ घर ओर्लिनु,अनी बिहानको खाजा दिउसोको खाना र बेलुकिको खाना एकैमुष्ट खाइओरी राती अबेर सम्म टुकिको धिप्धिपे उज्यालोमा आफ्नो अध्ययन सकाएर बाँकी समय निकालेर पत्रपत्रीका बाहिरी पुस्तक पढ्नु,र लहडैलहडमा कबिता कथा कोर्नु,,यही कार्यतालिका अनुसार मेरो त्यो दुई बर्षको जागिरे जीबन गुज्र्यो। मैले पढाउने उक्त बिद्यालय गाउको माथिल्लो भेगमा पर्ने हुँदा नजिकमा खाध्यपसल, चियानास्ताको पसल थिएन ,त्यो ठाउको हालत अझै पनि त्यस्तै नै छ त्यसैले म दिनभरी भोकभोकै रहन्थेँ शनिबार र अन्य छुट्टीको समय बाहेक। यती गरेर बल्ल प्रतेक चार महिनामा बिद्यालयका अन्य स्थाइ शिक्षकहरुको चौमासिक तलब निकासा हुँदा संगै मैले पनि चार महिनाको तलब एकमुस्ट ५००० रुपैयाँ पाउथें। त्यती पैसाकोलागी खाली पेटमा त्यसरी दौडिनु पर्दा जती आहत हुन्थेँ त्यतिनै गौरवान्बित महसुस गर्थेँ आँफैलाई कखरा सिकाउनुभएको गुरुहरु संग स्टाफ भएर भलाकुसारी गर्दा। त्यो धपेडिले जती गल्थेँ त्यतिनै शितल र आत्माभिमानको महसुस गर्थेँ ति स्वघोषित अभिभाबक हरु कतै जम्का भेट हुंदा, कामबश् बिद्यालयमा आउँदा हात जोडेर "नमस्कार मिस!" भन्दा। ति कुरौटे इर्श्यालु छिमेकिहरुले हात जोडेर नमस्कार गर्दा बिजयको आभा फैलिन्थ्यो मेरो अनुहारमा। म सबै धपेडी र थकाई भुलेर खुशीमा आल्हादित हुन्थेँ। अहिले फर्केर हेर्दा उसबेलाको त्यो कठोर दिनहरु र त्यती न्युन पारिश्रमिकको जागिर मैले पैसाको लागि कम् ति डाहाडे गाउंलेहरुको नमस्तेको लागि बेसी खाएँ हुँला।
आज समयले धेरै पल्टा मारिसकेको छ। जिन्दगीको पैया घुम्ने क्रममा त्यसपछी पनि धेरै साना ,मझौला जागिर खांदै धेरथोर पैसा पनि देख्दै आएँ। अहिले केही बर्ष यता यही पापी पैसाकै लागि परदेश भासिएको छु आम नेपाली झैँ त्यही एक हिस्सा बनेर। टाढिनु,एक्लिनु र छट्पटिनुको साथै मानविय सेवामूलक काम र चित्त बुझ्दो पारिश्रमिक पाइरहेको छु भलै मान्छेको मन भरिने पैसा कहीँ कतै छैन। यि दिनका कमाइका तुलना उ दिनका कमाइ संग गरी सयभग लगाउदा पनि त्यो समयको पारिश्रमिक एउटै लहरमा उभिन सक्दैन र पनि त्यो १२५० रुपैयाँ मासिक को निमित्त मैले खर्चिएको जीवनको त्यो दुई बर्ष,त्यो दौड्धूप जतिनै कष्टकर होस् तर त्यही समय नै मेरो जीवनको सर्वाधिक अहम कोशेढुङ्गो र एक गर्वानुभूतिको अवधि बनेर जिन्दगीको दस्तावेजमा खोपिएको छ। ति दु:खद दिनहरु, त्यो कष्टकर दौडाइ, ति कटाक्ष ब्यङ्यवाण,तिनैका मुलायम नमस्ते, त्यो जागिर र त्यही १२५० रुपैयाँ तलबले नै मलाई मानसिक रुपमा बलियो बनायो। आँटिलो बनायो। जीवनका सिरुपाते धारयुक्त गोरेटा हरुमा ठम्ठमी हिँड्न सिकायो। मलाई वास्तबमै आत्मनिर्भर र स्वावलम्बन बाँच्न सिकायो। आज बाध्यताबस् परदेशिएर कमाएको सुबिधा र उपार्जनको अगाडि पनि जीवनको त्यो क्षणको भोगाइ हरदम स्वावलम्बी मुस्कान छरेर मलाई छामिरहेकै छ।
आज किन किन म फेरी अनायासै घरदेशको त्यो गौरवान्बित अनुभब र परदेशको नियास्रो कमाइलाई जिन्दगीको तराजुमा राखेर जोख्दै जोखिंदै छु ,,मध्यपूर्बको यो सानो टुक्रोमा म जस्तै बिरामी लाग्ने एकान्त बिस्तारामा पल्टिएर ।

/युटोपिया अर्किड पार्कको माझबाट रत्नपार्क सम्झिँदा/

युटोपिया अर्किड पार्कको माझबाट रत्नपार्क सम्झिँदा
उसो त चिपोरा तलोर जसको म रेखदेख गर्छु धार्मिक प्रब्रित्तीकी होइनन् तर पनि चाडपर्व र छुट्टीको बेलामा घर देखी बाहिर कतै घुमेर मन बहलाउन सौखिन छिन्। उनको यो सौख मेरो लागि बरदान् साबित भएको छ। गत सोमबार यस्तै काकताली पर्योे मलाई फेरी, यहुदीहरुको धार्मिक पर्व 'सुकोत' को बहानामा चिपोरा सक्सकाइन् कतै घुम्न जाने भन्दै । मैले त्यही माथि तीन मुट्ठी तेल घस्दै उकासेँ कतै प्राकृतिक छटाभएको तिर डुल्न जाउँ न त भन्दै। आफ्नो जन्म पहाडमा भएर झ्याङ्ग-बुटाबुटीमा अल्झिँदै जिन्दगीको उकालो उक्लेको स्वाभाव न हो, हरियापरिया तिरै डुल्ने आदेश दिन्छ मनले यो अत्याधुनिक सुबिधा सम्पन्न संसारमा पनि!
झोलामा स्वभावत पुन्टे डायरि, कलम र क्यामेरा राखेर आँखामा त्यसको दुगुना बडेमानको कालो चश्मा भिरेपछी मेरो बाहिरको तयारी पुरा हुन्छ भनेर चिपोरालाई राम्रो थाहा छ । योजना मुताबिक लागियो इस्राएलकै बिशाल 'हरित गृह' तिर। घर देखी करिब् एक घण्टाको दुरी सकेपछी पुगियो गन्तब्यमा। सिङ्गो इस्राएलको लगभग मध्य भागमा निर्माण गरिएको यो मनमुग्ध स्थानमा प्रबेशको लागि जाडो र गर्मी यामको लागि छुट्टाछुट्टै समय निर्धारण गरिएको रहेछ । जाडोमा बिहान साँढे आठ बजेपछी प्रबेश गरेर दिउँसो ५ बजेसम्म डुल्न पाइने रहेछ भने गर्मी याममा चाँहीँ सोही समयमा प्रबेश गरेर साँझ ६ बजेसम्म डुल्दा हुने रहेछ। साथमा पाल्तु जनावर्, साइकल ,बाहिरको खाध्यपदार्थ,खेलकुदका सामग्री लैजान निषेधित उक्त पार्कमा भित्रको अण्डाकार सुन्दर हलमा पार्टी ,सेमिनार समेत गर्न सकिने रहेछ एउटा बिशेष शान्त र सुन्दर हरियाली शितल बातावरणमा।
त्यो दिनको उध्धुम गर्मिलाई छलेर बिहानको १० बजेतिरै हामी भित्र घुस्यौँ। पस्दापस्दै प्रबेशद्वार भन्दा अगाडि एउटा बडेमानको टेलिभिजन फत्फताइरहेको रहेछ हिब्रुमा सर्सर्ती पार्कको बारेमा पूर्व जानकारी बारे ,,मैले आधाआधी बुझें बाँकी बुझे जस्तो गरेँ । प्राकृतिक नै नभएपनी हरियालिको दर्शन पाइने लोभमा म त्यसै फुलेल थिएँ। हातमा क्यामेरा लिएर पहिले स्वागत ढोकामा टल्किरहेको बोर्डमा हेरें सुन्दर अक्षरमा हिब्रु र अङ्ग्रेजी दुबैमा लेखिएको थियो "युटोपिया अर्किड पार्कमा यहाँलाई स्वागत छ!"
सानो हुँदा गाउँमा घर छेउको देबीथानको पिपलको गजधम्मे रुखका हाँगा बाट उँधोमुन्टिएर लहराइरहने सुनाखरी टिप्दा घाम डुबेको पत्तो नपाउने म,, मेरो मानस्पटलमा उही देबिथाने छिर्बिरे मसिना सुनाखरी मात्र नाच्तथ्यो यदाकदा सम्झिदा। पछी कुन्नी कती कक्षामा पुगेपछी थाहा भयो ति कोमल सुनाखरिलाई अङ्ग्रेजिमा अर्किड भनिदो रहेछ। समय संगै जीवनमा कैयन उतारचढाब त आयो नै ,ती मायालु सुनाखरी बिर्साउने कैयौँ तिखा काँडे खुड्किला पनि आए। धेरै समय भैसकेको रहेछ मैले देबीथानको त्यो पिपल ,ती सेताम्य सुनाखरी र ति दिन पनि पो सम्झिएको रहेनछु।
अहिले एक्कासी यो बिरानो मुलुकमा अर्कैको भाषामा लेखिएको अर्किडले मलाई चुपचाप ति छिर्बिरे सुनाखरी र चिर्बिरे बालवयमा धकेलिदिएछ । म त गाउँको देबीथान मा बुर्कुसिँदै थिएँ "दीप्स!"चिपोरा चिच्याइन् । अहँ म त इस्राएलको सबैभन्दा ठुलो हरित गृहको युटोपिया अर्किड पार्कमा पो रहेछु। स्वर्गको कथा सबैले कथ्छन् कहन्छन् देखेको कसले छ र? मैले त्यो हरित गृहभित्रको सुन्दरता नियाल्दै सोचेँ 'स्वर्ग भनेको यतिकै मनमोहक होला!' साँच्चै नै विश्वासै गर्न नसकिने यो कल्पनाको लोक जस्तो सुन्दर ठाउँलाई कती बुझेर जानेर यि इस्राएलिले सुहाउँदो नाम राखेछन्, "युटोपिया अर्किड पार्क" ।

एउटै छानो मुनी मान्छे ले प्रक्रिती बनाएको! मैले आँफैलाई बडो भाग्यमानी ठानेँ यसरी पहिलोपटक संसारकै एकमात्र यस्तो बिचित्रको थलो जहाँ संसारै भरी पाइने सुनाखरीका अनेक जात,ससाना किटपतंग लाई आफ्नो अंखोरे चेपोमा पारेर मार्ने एकखालको बनस्पती (कार्निभोरोअस),बिभिन्न प्रजातका पंक्षिहरु, माछा,जलबनस्पतिहरु र बर्षातको पानीमा हुर्किने बिबिध चमत्कारी बनस्पतिहरु एकैसाथ एउटा अलग्गै शान बोकी हामीलाई पर्खिरहेको देखेर।
मलाई पटक्कै आभास भएन कि त्यो बनाइएको प्रक्रिती हो ,,जहाँ उम्रेर फक्रेर मुस्कुराइरहेका हरेक बनस्पती, खेली रमाइरहेका हरेक पंक्षी बिरुवा मान्छेको हात औलाले स्याहारिएको हो। ति प्रत्यकमा मेहनती मान्छेको औँलाले स्पर्श गरेको छ । आफ्नो दुइबित्ते करेसा बारीको मकैको बोट गोड्न अल्छिले चार बित्ते नखरा देखाउने बानी परेको 'म' लाई मान्छेकै औँलाको स्पर्शमा यतिका चमत्कार देखिँदा अचम्मको घनले हान्नु पनि त अचम्म थिएन।
लगभग ४०,००० स्क्वाएर मिटरको लम्बेचौडे छातीमा पसारिएको अकल्पनिय पार्कमा पर्यटकहरुका सुबिधा खातिर ठाउँठाउँमा राखिएका सम्बातनयन्त्रले चिसा हावाका झोँका मै तिर फ्याँक्दा फेरी मैले आफ्नै गाउँको उधुम गर्मी सम्झेँ 'कठै! मेरी आमा प्रचन्ड घाममा सेकिँदै बारीको डिलमा पसिनाले नुहाउँदै होलिन्! यो मन पनि कती कमलो! उसैमाथिको परेदेशमा त झन भएभरको मन जती नौनिनै पो हुन्छ कि भन्छु म। एसो केही राम्रा चिजबिज देख्यो कि झलक्क घरै सम्झिने, एउटा दाना अनार भेट्यो कि 'ओहो! मेरो छोरोले यो कती मिठो मान्थ्यो!' एउटा राम्रो खेलौना देख्यो कि' ओहो! यो मेरो छोरीले कती मन पराउँदी हो!' कतै सुन्दर दृष्या देखे,'ओहो! यो सुन्दरता उनले पनि देख्न पाएका भए! वा दुई आँखाले भन्दा चार आँखाले सँगै देख्न पाएको भए !' यस्तै यस्तै 'ओहो' को थुप्रो भित्र पुरिएरै जिन्दगी कती खेर नामेट होला नि! भन्न त सबैले भन्छन् 'यस्तो रमाइलो गरियो कि,सबथोक भुलेर हराइयो!' तर मलाई लाग्दैन संसारमा कुनै त्यस्तो मानव मुटु होला जो कुनै मनोरन्जन र खुशीको क्षणमा सबैलाई भुलेर मनदेखी एक्लै रमाओस्, खास गरी आफ्नो अती नजिककाहरुलाई पनि याद नगरि। बरु थोरैले ब्यक्त गर्छन्, धेरै मनमनै अमिलिएर कुँडिन्छन् तर गर्न चाँही सबैले हरेक खुशीको क्षणमा आफ्नाहरुलाई याद गर्छन् र कमिको महसुस गर्छन्\।यस्तै छ बिडम्बना अभाबमा पिल्सिने जिन्दगीहरुको,पैसा छ परिवार छैन परिवार छ पैसा छैन। ति दुई लाई सँगसँगै नार्ने रहरमा चार-चौरास भासिनुपर्छ । अन्तत: सुलुत्त जिन्दगी चिप्लिसक्छ आधाआधी रहरको कहरमा अल्झेर।
जीवनका यिनै हिसाबकिताब मनमनै गुन्दै त्यो चामत्कारीक सुन्दरताको खानिमा म बाहिर बाहिर सम्बातनिक चिसो पानीको कण मिस्रित हावाको को सिरेटोले चिसिँदै भित्र भित्र आफ्नाहरुको उताको हरिबिजोक सम्झेर भुट्भुटिँदै अगाडि बढ्दै गएँ।
एसो पछाडि फर्किएँ चिपोरा हातको ईशाराले मलाई बोलाँउदै रहिछन्। अनी सँगसँगै बरालिन थाल्यौँ अरु पर्यटकहरुको घुइँचोमा मिसिएर हामी पनि। अलिक अगाडि पुगेपछी एउटा ससानो मन्च जस्तो ठाउँ देखा पर्योि जहाँ घुमारो अर्धचन्द्राकार गरी बेन्चहरु राखिएको रहेछ सुन्दर र सफा गरी। चिपोराले त्यतै देखाउँदै त्यो ठाउँ पार्कको बारे आगन्तुकहरुलाई सामान्य जानकारी गराइनको लागि हो भनिन् र छेउको बेन्चमा थपक्क पिँध बिसाइन्। म फेरी छेउको सानो मनमोहक तलाउमा बेफिक्री मुस्कुराइरहेको कमलको पत्र स्पर्श गर्दै थिएँ एउटी पातली गोरी केटी ओठभरी म्रिदु मुस्कान बोकेर मै तिर आइन्। त्यतिन्जेल फुत्त फुत्त यताउताबाट मन्च भरिनै आगन्तुकहरु उत्सुकताभरी अनुहार लिएर उपस्थित भैसकेछन्।
मैले हात बढाउँदै आफ्नो परिचय दिएँ। अनी शरोन नाम गरेकी ति सुन्दर युवती छेउमै स्टुलमा राखिएका ससाना गमला उचाल्दै केही कर्नोभोरोअस जातका बनस्पतिको बारेमा बताउन थालिन्। मलाई गज्जब लाग्यो ति बनस्पती देखेर। एउटा रहेछ हाम्रो तिरको अलिक लामो घाँटी परेको पानी पिउने अंखोरा जस्तो अनी मास्लो पट्टी छाता जस्तो सानो पात भएको बनस्पती ,जहाँ साना किरा फटेङ्ग्रा अभाग्यबस् भित्र खसे भने त्यहा भित्र रहेको पानी र एकप्रकारको एसिड को कब्जामा परी बाहिर निस्किन नसकी त्यही भित्रै ज्यान गुमाउदा रहेछन् त्यसैले इस्राएली हरु ति खालका बनस्पतिलाई 'इटिङ्ग प्लान्ट' पनि भन्दा रहेछन्। बाहिरी प्राकृतिक बातावरणमा स्वतन्त्र फस्टाउन पाउंदा ति घैला जस्ता बनस्पतीले आधा मिटर सम्मको उचाइ लिन सक्छन रे! मैले सोचेँ त्यती अग्लो हुने भए त किरा मात्र के साना खरायो, बिराला ,चराहरु नै पनि म परमधाम जान सक्दारहेछन् त्यहा भित्र। हुन पनि त्यस्तै हुन्छ रे। अनी अर्को रहेछ अलीक सानो काँठिको बनस्पती ,जो झट्ट हेर्दा सुन्दर अनुहारको बन्द परेली जस्ता। आँखाको ढकनी जस्तो दुइतिर साना पात अनी पातको माथिल्लो किनारामा हाम्रा आँखाको झिम्झिमे परेली जस्ता मसिना तर बलिया काँढा हुँदा रहेछन्। शान्त अवस्थामा ति परेली खुल्ला रहने अनी नजिकमा केही चाल् उत्पन्न भएपछी अकस्मात ति परेली बन्द हुँदा नजिकको किटपतंग च्यापिएर मर्दा रहेछन्। हेर्दा साना देखिएपनी ति परेलिरुपी काँढा अती तिखा र बिषालु पनि हुन्छन अरे। कती सम्म भने साना नानीहरुलाई औँल्याउदै ति सुन्दरिले सजग पनि गराइन् कि औंला राखेर परिक्षण नगरनु,, अन्यथा स्वास्थ्यकर्मीको सहायताले मात्र काँढा झिक्नुपर्ने पनि बताइन्।
केही मिनेटको जानकारी कार्यक्रम सकिएपछी हाम्रो लम्काइ अगाडि बढ्न थाल्यो त्यस्तै बिबिध अनौठा ,दुर्लभ र आकर्षक बनस्पतीहरुको अवलोकन गर्दै। सबै सबै दृष्य् एक्सेएक लोभलाग्दा थिए। म चकित हुँदै ति मेहनती हातका कमाल हेर्दै अगाडि बढेँ। त्यहीँ एउटा छानो मुनी कताबाट कहाँ उकालेर घुमाएर दुरुस्तै प्राकृतिक लाग्ने कृतिम झरना झारेका छन्,त्यहीँ भित्रै आकर्षक आकाशे पुल छन त त्यहिनै भुंइभरी घासे मैदान जस्तो नरम गलैँचे घाँस उमारेका छन्। त्यहीँ तालतलैया छन् त्यहीँ कलात्मक सजावट डेन्ड्रोबियम सुनाखरी लहलहाएका छन्। परिश्रमी हातका यस्ता उपजले वातावरणिय सजगतामा पर्यावरणको जतन त भयो नै मुलुकको गहना पनि थपियो। अझै त्यो भन्दा अहम कुरो त्यहा कतिजनालाई रोजगारीको अवशर मिल्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक गन्तब्यस्थल् स्वरुप आयआर्जनको स्रोत पनि बन्यो।
त्यसपछी आउटडोर बगैचा तिर को बाटो निस्कियो। बाहिर उधुम घामको रापिलो किरणले साम्राज्य फैलाइरहेको थियो। केही मिटर लम्केपछी चिपोरा थाकिन् ,नथाकुन पनि किन! उता मेरी आमा पाँचौँ दशकमा हिँड्दै हुनुहुन्छ त बुढेशकालले गलिपत् भैसक्नुभयो । यि त झन्डै असीको दशकको पनि पुछारमा पुगिसकिन् त्यही पनि अझै घुमडुल, मनोरन्जन,शारीरिक् ब्यायाम गर्दैछिन् । यथार्थ त यस्तो हो ,,हामी नेपाली धनले,बिलासिताले र अवशरले त बन्चित भएर छिट्टै गल्छौँ नै, उमेरले हुनु कता हो कता सोचले हत्त र पत्त बुढीईहाल्छौँ। त्यो तुलनामा चिपोरा अझै तगडा भएपनी गर्मिमा भने हुर्मत जान्छ यिनको अनी श्वास फुलेर थलिन्छिन्। त्यसैले उनिलाई त्यतै एउटा बेन्चमा बसाएर म एक्लाई बाहिर को दृष्यमपान गर्न थालेँ। आकर्षक छहरा, चुल्बुले मृगका बथान, पिँजडा बाहिरै स्वतन्त्र रङ्गिबिरङ्गी सुगा जसलाई हातैमा उचालेर खेल्दै लिन सकिने आनन्द,आकर्षक ढंगले स्याहारिएका कलात्मक बोटबिरुवाहरु, मचान् जस्तो माथिल्लो भागमा उक्लेर सर्बाङ्ग पार्क नियाल्दा बटुल्न सकिने खुशी, छुँदै र भाग्दै गरिरहेका पानीका फोकाहरुसँग रमाइरहेका कमलका पात र फूलहरुको इर्श्यालाग्दो दृष्यु मनभरी भरी हेरिसकेर खोइ कतिबेला फर्किने बेला भयो ,,मैले त हेक्कै राखिनछु तर मान्छेको अतृप्ति्लाई समयले पर्खिंदो हो त,,, सिँगो मानवसमुदाय जती निस्कृय जन्तु अरु कुनै हुँदैनथ्यो होला। समयको डाँडो कटाइ सँगै हामीले फर्किने बाटो ततायौं।
बाटैभरि एकतमासले देश र बिदेशको यो फरक बिशेषताले कोतरिरह्यो। घरि घरि नेपाल पुगिरहेँ सम्झनामा । केही महिना अघी घर जाँदा रत्नपार्क डुल्न निस्केको थिएँ, पहिलेको हरियो आकर्षक रत्नपार्क खुइलिएर धुलाम्य अवस्थामा लडिरहेको थियो बरखी बारेर बसेको कृयापुत्री जस्तो फुङ्ग रङबिहिन अवस्थामा जहाँ पहिलेको झैँ हरियो दुबोको नामोनिशाना थिएन एकैछिन टस्स पिँध टेकाउनको लागि समेत। त्यहा कुनै फूल फक्रिएर हाँस्ने साहस गर्दो हो त मेरा देशका नायकहरु(नालायकहरु)तिनका जरै उधिनेर कुनै 'प्रभू' को पाउमा चढाउँदा हुन्। कहाँ यो मरुस्थल जस्तो कन्क्रिटको देश जहाँ देखिने लग्भग सबै हरियो 'बनाइएका' हुन् ,कहाँ प्राकृतिले आँफैँ सिँगरिदिएको मेरो सुन्दर देश जहाँ संसारकै अग्लो चुचुरो जो छ वटै ऋतु चिसो हिउँ ओढेर विश्वलाई शितलता र सुन्दरता बाँडिरहन्छ। त्यही सुन्दरताको पर्याय मेरो देशको राजाधानिको मुटुको गनिने पार्क "रत्नपार्क" सम्झिँदै आहत भएँ । हाम्रो बिगार्ने गति भन्दा द्रुत यिनिहरुको बनाउने गति र मती लाइ सलाम गर्दै फर्किँदा बाटो भरी मेरो मनमा इस्राएलको त्यो अदभूत सुन्दर "युटोपिया अर्किड पार्क" र मेरो काठमाडौंको मुटुको पार्क "रत्नपार्क " को दृष्यल झुत्तिखेल्दै दोहोरीईरहे पालैपालो ।

 
साहित्यसंसार